कुुरिनटार ,३० साउन : अविरल बर्षासगैँ खसेको पहिरोका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्ग दुइतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरिक्षक निरला भण्डारीका अनुसार  विभिन्न स्थानमा खसेको पहिरो हटाएपछि सडक दुइतर्फी सञ्चलनमा आएको हो ।
चितवनको इच्छाकामना ३ स्थित चुम्लिङ्गटारमा बुधबार बिहान  ७ बजे  ढुङ्गासहित पहिरो खसेर सडक दुइतर्फी अवरुद्ध बनेका थिए  । अहिले  पहिरो पञ्छाएपछि  सडक दुइतर्फी सुचारु भएको उहाँले बताउनुभयो ।
यसैबिच   मौवाखोला र केबलकार नजिक सडक एकतर्फी अवरुद्ध बनेका थिए ।  ती दुबै स्थानको पहिरो हटाई दुइतर्फी सञ्चालनम आएको प्रहरी निरिक्षक भण्डारीले बताउनुभयो ।