गण्डकी गाउँपालिकाको वडा नम्बर ५ र ताङ्लीचोक स्वास्थ्यचौकी सम्मानित
गण्डकी : गोरखाको गण्डकी गाउँपालिकाले नमुना वडा कार्यालय र स्वास्थ्य संस्थालाई सम्मान गरेको छ । आज एक कार्यक्रमकाबिच वडा नम्बर ५ को कार्यालय र वडा नम्बर २ स्थित ताङ्लीचोक स्वास्थ्यचौकीलाई उत्कृष्ट कार्य सम्पादन गरेवात सम्मान गरिएको हो ।
आर्थिक बर्ष २०८०/०८१ को बार्षिक समीक्षा कार्यक्रमको अवसरमा गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना साकारले उत्कृष्ट नमुना कार्य गर्ने वडा र स्वास्थ्यचौकीलाई प्रमाणपत्र प्रदान गर्नुभएको हो । गाउँपालिका अध्यक्ष तिमिल्सनाले वडा नम्बर ५ का वडाध...









