
काठमाडौं : आइतबार पाँच सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापकसँग बयान लिने भएको छ। सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले केहीलाई भने जेलबाट झिकाएर बयान लिन लागेको समितिका सदस्य लेखनाथ दाहालले जानकारी दिए। समितिको बैठक बिहान ११ बजेदेखि नै बस्नेछ ।
समितिले हालसम्म जेलमा रहेका १८ सहित ३४ जनाको बयान लिइसकेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित छविलाल जोशीको भने ७ गते गतेमात्रै बयान लिने तयारी गरिएको छ ।
file photo