Banner News

घाँसीकुवामा पहिरो पन्छाउन सुरु : सवारीसाधानलाई बैकल्पीक मार्गको प्रयोग गर्न अनुरोध

घाँसीकुवामा पहिरो पन्छाउन सुरु :  सवारीसाधानलाई बैकल्पीक मार्गको प्रयोग गर्न अनुरोध
तनहुँ  : पृथ्वीराजमार्ग अन्तरगत तनहुँको व्यास–१२ घाँसीकुवामा खसेको पहिरो बिहीबार बिहानदेखि पन्छाउन सुरु गरिएको छ । अबिरल बर्षापछि बुधबार साँझ सडक माथिबाट एक सय तीस मिटर लामो पहिरो खस्दा राजमार्ग अवरोध भएको हो । पहिरोका कारण पृथ्वीराजमार्गको डुम्रे–दमौली खण्ड अबरुद्व भएको छ । पहिरोले चार लेनको सडक पूरै अवरोध भएको हुँदा कम्तिमा ८÷१० घण्टा समय लाग्ने अनुमान गरिएको छ । पृथ्वीराजमार्ग भएर गुड्ने सवारीसाधानलाई वैकल्पीक मार्ग प्रयोग गराइएको तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार...

गुडीरहेको माइक्रोमाथि ढुङ्गा खस्दा दुई जना घाइते

गुडीरहेको माइक्रोमाथि ढुङ्गा खस्दा दुई जना घाइते
कुरिनटार :  नारायणगढ –मुग्लिन सडकमा गुडीरहेको माइक्रोमाथि ढुङ्गा खस्दा दुई जना घाइते भएका छन् ।  जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार आज विहान १० : ३० बजे  भरतपुर महानगरपालिका २९ सत्रकिलो भन्ने स्थानमा माथीबाट ढुङगा झरी काठमाडौँबाट भरतपुर तर्फ जांदै गरेको बा.प्र.०१–००६ ख ६४१४ नम्बरको माइक्रोको अगाडीको सिसामा लाग्दा माइक्रोमा सवार नवलपुरको  देवचुली नगरपालिका १३ बस्ने बर्ष ८ की  कबिता परियार र बर्ष ५ की कञ्चन परियार घाइते भएका हुन् । उनिहरु दुबै जनाको पुरानो मेडिकल कलेज भरतप...

नागढुङ्गामा पहिरो खस्दा सडक अवरुद्ध

नागढुङ्गामा पहिरो खस्दा सडक अवरुद्ध
कुरिनटार : नागढुङ्गा नजिक पहिरो जाँदा त्रिभुवन राजपथ अवरुद्ध भएको छ। काठमाडौं प्रवेशको मुख्य नाका त्रिभुवन राजपथ अन्तर्गत नागढुङ्गा नजिक पहिरो दुवैतर्फको जाँदा सवारी आवागमन रोकिएको हो। नागढुङ्गा प्रहरी इन्चार्ज प्रहरी निरीक्षक हेमकुमार थपलियाका अनुसार चेक पोइन्टबाट करिब तीन सय मिटर टाढा ठूलो पहिरो गएको छ। अहिले पनि पहिरो खस्ने क्रम रोकिएको छैन। पानी परिरहेकोले पहिरो खस्ने क्रम नरोकिएको हो। थपलियाका अनुसार दुवैतर्फ पहिरो पन्छाउन डोजरलाई तयारी अवस्थामाराखिएको छ। पहिरो ...

आज रोपाइँ जात्रा मनाइँदै

आज रोपाइँ जात्रा मनाइँदै
काठमाडौं :  गाई जात्राअन्तरगत बुधबार रोपाइँ जात्रा मनाइँदैछ । काठमाडौं उपत्यकासहित नेवार समुदाय बसोबास गर्ने देशका विभिन्न गाउँ शहरमा यो जात्रा उत्सवका रूपमा मनाइन्छ। नेपाल भाषामा रोपाइँ जात्रालाई ‘सिनाज्या जात्रा’ भनिन्छ। देशभर नै रोपाइँको थकान र तनाव भुल्नको लागि मनाइने यो उत्सव फरक(फरक ठाउँमा भिन्न तरिकाले मनाइन्छ। विशेषगरी नेवार समुदायका मानिस आज चैत्य, बहाल र टोलका फलैँचामा भेला भएर यो जात्रा मनाउँछन्। काठमाडौंको बौद्धमा तामाङ समुदायले पनि यो जात्रा मनाउँदै आएका छन...

मौसम : आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

मौसम : आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं : देशका केही भूभागमा बिहानैदेखि भारी वर्षा भइरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ।पर्साको रंगापुर, टाँडी बजार, बाराको सिमरा, पर्वानिपुर, कलैया, अमलेखगञ्ज र आसपास भारी वर्षा भएको छ। मकवानपुरको हात्तीसुडे, भोर्लेनी, रौतहटको चन्द्रपुर, गरुडा, सर्लाहीको मानुसमारा, सिन्धुलीको कुसुमटार, रानीचुरी वर्षामापन केन्द्र र आसपासमा भारी वर्षा भएको छ। दिउ...

नारायणगढ–मुग्लिन सडकमा ढुङ्गा खसेर लाग्दा कारमा क्षती

नारायणगढ–मुग्लिन सडकमा ढुङ्गा खसेर लाग्दा कारमा क्षती
मुग्लिन:  नारायणगढ– मुग्लिन सडकमा ढुङ्गा खसेर लाग्दा कारमा समान्य क्षती पुगेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज विहान ८ बजे इच्छाकामना गाउँपालिका ५ स्थित ३ नम्बर पुलमा नारायणगढ तर्फ जादैँ गरेको भरतपुर महानगरपालिका २ बस्ने सन्तोष कचिलाले चलाएको विएडी ८३२२ नम्बरको कारमा माथिबाट ढुङगा खसि लाग्दा कारमा सामान्य क्षति भएको हो । मानवीय क्षती केही नभएको प्रहरीले जनाएको छ । कार गन्तव्य तर्फ गएको र सडकमा कुनै अवराध नभएको प्रहरीको भनाई छ ।

चितवनमा भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

चितवनमा भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह
चितवन :  आज देशका केही स्थानमा भारी वर्षा भएको छ । मंगलबार बिहान चितवनका भरतपुर, देवघाट, शक्तिखोर, कालीखोला, सखर र आसपास धेरै स्थानमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ । “भदौ ४ बिहान ७ः३० बजे । पछिल्लो तीन घण्टामा भरतपुर, देवघाट, शक्तिखोर, कालीखोला, सखर र आसपास धेरै स्थानमा भारी वर्षा भएको र थप हुने देखिएकाले नारायणगढ–मुग्लिङ सडकखण्डका केही साना खहरेहरूमा आकस्मिक बाढी, गेग्य्रान बहावको जोखिम हुनका साथै पहिरोको जोखिम हुनसक्छ । यात्रा गर्दा उच्च सत...

वेनीघाट रोराङमा सिकाई सुधारका लागि दुई दिने आवासीय शैक्षिक गोष्ठी सम्पन्न

वेनीघाट रोराङमा सिकाई सुधारका लागि दुई दिने आवासीय शैक्षिक गोष्ठी सम्पन्न
धादिङ :  वेनीघाट रोराङमा दुई दिने आवासीय शैक्षिक गोष्ठी सम्पन्न भएको छ । वेनीघाट रोराङ गाउँपालिका शिक्षा युवा खेलकुद तथा सामाजिक विकास शाखाको आयोजनामा सिकाई सुधारका लागि विषय समितिका संयोजकहरु, परीक्षा समितिका पदाधिकारीहरु, शिक्षकका पेशागत संघसंगठनका प्रमुखहरु र सबै विद्यालयका प्रधानाध्यापकहरु सम्मिलित शनिबार र आइतबार दुई दिने आवासीय शैक्षिक गोष्ठी सम्पन्न भएको हो । सूर्योदय आधारभूत विद्यालय भुवा भञ्ज्याङमा सम्पन्न तालिममा १२४ जनाको सहभागिता रहेका थिए । गाउँपालिका स्तरीय...

मोटरसाइकल दुर्घटनामा परि चितवनमा प्रहरी वरिष्ठ हवल्दारको मृत्यु

मोटरसाइकल दुर्घटनामा परि चितवनमा प्रहरी वरिष्ठ हवल्दारको मृत्यु
चितवन  :  खैरहनी नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा इलाका प्रहरी कार्यालय मनहरीमा कार्यरत प्रहरी वरिष्ठ हवल्दारको मृत्यु भएको छ ।खैरहनी–८ बाबा पेट्रोलपम्पस्थित पूर्वपश्चिम राजमार्गमा मनहरिबाट खोलेसिमलतर्फ जाँदै गरेको बागती प्रदेश०३–००३प ६३७ नम्बरको मोटरसाइकल आज विहान दुर्घटनाहुँदा लमजुङ राइनस नगरपालिका–६ धमेलीकुवाका रत्ननगर नगरपालिका–१५ खोलेसिमलका ४३ वर्षीय हेमन्तकुमार श्रेष्ठ गम्भीर घाइते भएका थिए । गम्भीर घाइते श्रेष्ठको चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु भए...

आज जनैपूर्णिमा, रक्षाबन्धन धारण गरेर मनाइँदै

आज जनैपूर्णिमा, रक्षाबन्धन धारण गरेर मनाइँदै
काठमाडौँ :   प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र (डोरो) बाँध्छन् । रक्षाबन्धन गर्दा गुरु पुरोहितले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्...