चितवन :  आज देशका केही स्थानमा भारी वर्षा भएको छ । मंगलबार बिहान चितवनका भरतपुर, देवघाट, शक्तिखोर, कालीखोला, सखर र आसपास धेरै स्थानमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ ।

“भदौ ४ बिहान ७ः३० बजे । पछिल्लो तीन घण्टामा भरतपुर, देवघाट, शक्तिखोर, कालीखोला, सखर र आसपास धेरै स्थानमा भारी वर्षा भएको र थप हुने देखिएकाले नारायणगढ–मुग्लिङ सडकखण्डका केही साना खहरेहरूमा आकस्मिक बाढी, गेग्य्रान बहावको जोखिम हुनका साथै पहिरोको जोखिम हुनसक्छ । यात्रा गर्दा उच्च सतर्कता अपनाउनहुन अनुरोध छ,” विभागको सूचनामा उल्लेख छ ।