काठमाडौं : गाई जात्राअन्तरगत बुधबार रोपाइँ जात्रा मनाइँदैछ । काठमाडौं उपत्यकासहित नेवार समुदाय बसोबास गर्ने देशका विभिन्न गाउँ शहरमा यो जात्रा उत्सवका रूपमा मनाइन्छ। नेपाल भाषामा रोपाइँ जात्रालाई ‘सिनाज्या जात्रा’ भनिन्छ।
देशभर नै रोपाइँको थकान र तनाव भुल्नको लागि मनाइने यो उत्सव फरक(फरक ठाउँमा भिन्न तरिकाले मनाइन्छ। विशेषगरी नेवार समुदायका मानिस आज चैत्य, बहाल र टोलका फलैँचामा भेला भएर यो जात्रा मनाउँछन्।
काठमाडौंको बौद्धमा तामाङ समुदायले पनि यो जात्रा मनाउँदै आएका छन् । गाईजात्रा तथा रोपाईँजात्रा मूल समारोह समिति, बौद्धले आज गाईजात्रा तथा रोपाइँजात्रा घोनाइको आयोजना गर्ने जनाएको छ ।
विगतका वषमा जस्तै बौद्धस्तुपा परिसरका साथै बौद्धका विभिन्न स्थानमा घिनतिङ नाका, घोनाई, हास्यव्यङ्ग्य तथा साँस्कृतिक कार्यक्रमहुने समितिका संयोजक जनमङ्गल लामाले जानकारी दिए।