कुरिनटार : नारायणगढ –मुग्लिन सडकमा गुडीरहेको माइक्रोमाथि ढुङ्गा खस्दा दुई जना घाइते भएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार आज विहान १० : ३० बजे भरतपुर महानगरपालिका २९ सत्रकिलो भन्ने स्थानमा माथीबाट ढुङगा झरी काठमाडौँबाट भरतपुर तर्फ जांदै गरेको बा.प्र.०१–००६ ख ६४१४ नम्बरको माइक्रोको अगाडीको सिसामा लाग्दा माइक्रोमा सवार नवलपुरको देवचुली नगरपालिका १३ बस्ने बर्ष ८ की कबिता परियार र बर्ष ५ की कञ्चन परियार घाइते भएका हुन् ।
उनिहरु दुबै जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । उहाँका अनुसार माइक्रोको सिसा फुटेको छ ।