तनहुँ : पृथ्वीराजमार्ग अन्तरगत तनहुँको व्यास–१२ घाँसीकुवामा खसेको पहिरो बिहीबार बिहानदेखि पन्छाउन सुरु गरिएको छ । अबिरल बर्षापछि बुधबार साँझ सडक माथिबाट एक सय तीस मिटर लामो पहिरो खस्दा राजमार्ग अवरोध भएको हो ।
पहिरोका कारण पृथ्वीराजमार्गको डुम्रे–दमौली खण्ड अबरुद्व भएको छ । पहिरोले चार लेनको सडक पूरै अवरोध भएको हुँदा कम्तिमा ८÷१० घण्टा समय लाग्ने अनुमान गरिएको छ ।
पृथ्वीराजमार्ग भएर गुड्ने सवारीसाधानलाई वैकल्पीक मार्ग प्रयोग गराइएको तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो ।
मुग्लिन–पोखरा सडक आयोजनाको पूर्वी र पश्चिम दुबै खण्डका इक्युमेन्ट प्रयोग गरी पहिरो पन्छाउने कार्य भैरहेको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिनुभयो ।