Banner News

ऐनापहारा बस दुर्घटना : सबैको शव परीक्षण भरतपुर अस्पतालमा हुदैँ

ऐनापहारा बस दुर्घटना :  सबैको शव परीक्षण भरतपुर अस्पतालमा हुदैँ
चितवन  : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार भएको बस दुर्घटनाका मृतकको शव परीक्षण चितवनमा हुने भएको छ।  अहिले भरतपुर अस्पतालमा शव परिक्षणको तयारी भइरहेकोे प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । उहाँका अनुसार  शव परिक्षणपछि भैरहवा हुदैँ भारत  लगिने छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो। त्यसमध्ये २६ जना...

सत्रकिलोमा बस दुर्घटना हुदाँ १९जना घाइते, दुईको अवस्था गम्भीर

सत्रकिलोमा  बस दुर्घटना हुदाँ १९जना घाइते,  दुईको अवस्था गम्भीर
मुग्लिन,७ भदौ :  नारायणगढ –मुग्लिन सडकमा  बस दुर्घटना हुदाँ १९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक भेषराज रिजालका अनुसार  भरतपुर महानगरपालिका २९ स्थित सत्र किलोमा शुक्रबार दिउँसो १ : ५० बजे रौतहटको गौरबाट पोखरा तर्फ जादँै गरेको ग २ ख ४७  नम्बरको बस सडकमाथिबाट ढुङ्गाखसेपछि चालक आत्तिएर आफै अनियन्त्रित भई सडकमा पल्टिएर  दुर्घटना भएको हो । दुर्घटनाका घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रवक्ता रिजालले बताउनुभयो । उहाँका अनुसा...

आँबुखैरेनी बस दुर्घटना : १४ जनाको मृत्यु,१६ जना घाइतेको उद्धार

आँबुखैरेनी बस दुर्घटना : १४ जनाको मृत्यु,१६ जना घाइतेको उद्धार
आँबुखैरेनी  ः तनहुँमा  भएको बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ ।  सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले घटनास्थलबाट १४ जनाको शव बाहिर निकालिएको जानकारी दिए । उनले १६ जना घाइतेलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा पठाएको जानकारी समेत दिए । अहिले उद्धार कार्य जारी रहेको थापाले बताए । शुक्रबार तनहुँको  आँबुखैरेनी  गाउँपालिका २ ऐनापहरा नजिकबाट मर्स्याङ्दी नदीमा बस खसेको थियो । बसमा ४० जना सवार रहेको अनुमान गरिएको छ।  दुर्घटनास्थल अप्ठ्यारो भीर र तल न...

मर्स्याङ्दी नदीमा बस खस्यो

मर्स्याङ्दी नदीमा बस खस्यो
आँबुखैरैनी :  तनहुँको आबुखैरेनी स्थित मर्स्याङ्दी नदीमा बस खसेको छ । आँबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित ऐना पहराबाट मर्स्याङ्दी बस खसेको हो । पोखराबाट काठमाडौँ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी दीपककुमार रायले बताए । बसमा ४० जना जति यात्रु रहेको उनको भनाई छ । अहिले प्रहरी घटना स्थलमा पुगेर उद्धार कार्य गरिरहेको छ । थप विवरण आउन बाँकी छ । तस्बिर  : रुपेश तामाङ

संस्थागत स्वमूल्याङ्कनमा तनहुँमा ऑबुखैरेनी प्रथम

संस्थागत स्वमूल्याङ्कनमा तनहुँमा ऑबुखैरेनी प्रथम
आँबुखैरेनी :  स्थानीय तह संस्थागत स्वमूल्याङ्कनमा तनहुँको ऑबुखैरेनी गाउँपालिका जिल्लामा प्रथम हुन सफल भएको छ । सङ्घीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयले सार्वजनिक गरेको अन्तिम मूल्याङ्कन अनुसार आर्थिक वर्ष २०७९÷८० को प्रतिवेदनमा ऑबुखैरेनी गाउँपालिका जिल्लाका दश पालिकामध्ये प्रथम भएको हो । गाउँपालिकाले कूल एक सय अङ्कमध्ये ८५.७५ अङ्क प्राप्त गरेको छ । गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ऑबुखैरेनी पॉचौमा पर्न सफल भएको छ ।

स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङकनमा बेनीघाट रोराङ र नीलकण्ठ देशभरमा प्रथम

स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङकनमा बेनीघाट रोराङ र नीलकण्ठ देशभरमा प्रथम
धादिङ :  स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेभसाईटमा ९७ अंक सूचिकृत धादिङको नीलकण्ठ विज्ञहरुको मुल्याङ्कबाट ९२.५० अंक सहित नगरपालिका तर्फ देशभरमा प्रथम हुन सफल भएको छ । यस्तै मन्त्रालयको वेभसाईटमा ९९.७५ अंक सूचीकृत देशभरमा दोस्रो नम्बरमा देखिएको बेनीघाट रोराङ विज्ञको मुल्याङ्कन पछि ८७ .२५ अंक ल्याउँदै गाउँपालिका तर्फ देशभरमा प्रथम भएको छ । गाउँपालिका तर्फ देशभरमा रुरुक्षेत्र ८७ अंक र इन्द्रावती गाउँपालिका तृतिय ८७ अंक ...

टिकटकमाथिको प्रतिबन्ध हटाउने सरकारको निर्णय

टिकटकमाथिको प्रतिबन्ध हटाउने सरकारको निर्णय
काठमाडौँ : सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाएको छ। बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो। यद्यपि टिकटकले सामाजिक सञ्जालको सञ्चालन निर्देशिका, २०८० को दफा ३ अनुसार सामाजिक सञ्जाल सञ्चालनको लागि मन्त्रालयमा सूचिकरण गर्नुपर्ने, सूचिकृत भएको सामाजिक सञ्जालको प्वाइन्ट अफ कन्ट्याक्ट तोक्नुपर्ने शर्त अघि सारिएको छ। साथै सरकारले पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने, डिजिटल सुरक्षा र साक्षरताको लागि काम ...

साफ यू-२० च्याम्पियनसिप : बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनल प्रवेश

साफ यू-२० च्याम्पियनसिप : बंगलादेशलाई हराउँदै नेपाल सेमिफाइनल प्रवेश
काठमडौँ  :  २० वर्षमुनिकाे साफ च्याम्पियनशिप फुटबलमा नेपाल समूह 'ए' काे विजेता बनेकाे छ ।ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्स मैदानमा आज भएको खेलमा बङ्गलादेशलाई २–१ ले हराउँदै नेपाल समूह विजेता बनेकाे हाे । नेपालकाे जितमा खेलकाे १७औं मिनेटमा समिर तामाङ र १९ औं मिनेटमा अबिनाश स्याङ्तानले गाेल गरे । बङ्गलादेशका इस्लामले खेलकाे ४३ औं मिनेटमा पेनाल्टीमार्फत गाेल गरे । याे जीतसँगै नेपालले २ खेलमा ६ अङ्क जाेडेकाे छ । बङ्गलादेशकाे २ खेलमा ३ अङ्क छ । नेपाल र बङ्गलादेश यसअघ...

घाँसीकुवा पहिरो चौबीस घण्टापछि हटाइयो, एकतर्फी गाडी गुड्न थाले

घाँसीकुवा पहिरो चौबीस घण्टापछि हटाइयो, एकतर्फी गाडी गुड्न थाले
तनहुँ : पृथ्वीराजमार्गअन्तर्गत तनहुँको घाँसीकुवा–डुम्रे सडकखण्ड २४ घण्टापछि सञ्चालनमा आएको छ। व्यास नगरपालिका–१२ घाँसीकुवामा बुधबार साँझ ५ बजे गएको पहिरो आज साँझ हटाइएपछि उक्त खण्ड एकतर्फी सञ्चालनमा आएको हो। सडकमाथिको डाँडा खसेर उक्त खण्डअवरुद्ध भएकामा आज बिहान ८ बजेदेखि पहिरो हटाउने काम सुरु गरिएको थियो। निर्माणाधीन मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)को सहयोगमा पहिरो हटाएर राजमार्ग पुनःसञ्चालन गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ...

आज मन्त्रिपरिषद् बैठक बस्दै, टिकटकमाथिको प्रतिबन्ध हटाइने

आज मन्त्रिपरिषद् बैठक बस्दै, टिकटकमाथिको प्रतिबन्ध हटाइने
काठमाडौं :  मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। आज अपराह्न ५ बजे बस्ने मन्त्रिपरिषद्‌ बैठकले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गर्न लागेको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हिजो मन्त्रिस्तरीय निर्णय गरेर टिकटक खोल्ने प्रस्ताव आजको मन्त्रिपरिषद् बैठकमा पेश गर्ने जनाइएको छ। प्रतिबन्ध हटाउनेबारे प्रधानमन्त्री केपी शर्मा ओलीले पनि चासो राख्दै त्यसबारे आवश्यक छलफल गर्न सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङलाई निर्देशन दिएका थिए। ...