आँबुखैरेनी :  स्थानीय तह संस्थागत स्वमूल्याङ्कनमा तनहुँको ऑबुखैरेनी गाउँपालिका जिल्लामा प्रथम हुन सफल भएको छ । सङ्घीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयले सार्वजनिक गरेको अन्तिम मूल्याङ्कन अनुसार आर्थिक वर्ष २०७९÷८० को प्रतिवेदनमा ऑबुखैरेनी गाउँपालिका जिल्लाका दश पालिकामध्ये प्रथम भएको हो । गाउँपालिकाले कूल एक सय अङ्कमध्ये ८५.७५ अङ्क प्राप्त गरेको छ ।

गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ऑबुखैरेनी पॉचौमा पर्न सफल भएको छ ।