Banner News

आज बागमती,कोशी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

आज बागमती,कोशी र लुम्बिनीमा भारी वर्षाको सम्भावना
काठमाडौं :  मौसम पुर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहँदा कोशी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास छ। दिउँसो कोशी, बागमती र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र लुम्बिनी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। राति देशभर आंशिकदेखि साधारणतया बदली रहने ब...

मर्स्याङ्दी नदी दुर्घटनाका बस निकालिएपछि मुग्लिन–आँबुखैरेनी सडक खुल्यो

मर्स्याङ्दी नदी दुर्घटनाका  बस निकालिएपछि मुग्लिन–आँबुखैरेनी सडक खुल्यो
आँबुखैरेनी : मर्स्याङ्दी नदीमा खसेको बस निकालिएसँगै पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन –आँबुखैरेनी सडक खुलेको छ।बसलाई क्रेनको सहायताले सडकमा निकालिएपछि दिउँसो सवा २ बजेदेखि सडक संचालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी एवं प्रवक्ता दीपक रायले जानकारी दिनुभयो। उहाँका अनुसार बसलाई अहिले सडक छेउमै राखिएको छ।  अहिले दुवैतर्फ रोकिएका सवारी निर्वाध संचालन भइरहेका छन्। यसअघि बिहान ६ देखि १० बजेसम्म मात्र सडक बन्द गरिने सूचना जारी गरिएको थियो।निर्धारित समयमा बस निकाल्न नसक...

चितवनमा पाँच सय बढीमा डेङ्गी सङ्क्रमण,सबै भन्दा बढी इच्छाकामनामा संक्रमित

चितवनमा पाँच सय बढीमा डेङ्गी सङ्क्रमण,सबै भन्दा बढी इच्छाकामनामा संक्रमित
चितवन :  जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये पाँच सय ८८ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । अस्पतालमा आएका बिरामीमध्ये दुई हजार तीन सय ९४ जनाको परीक्षण गर्दा पाँच सय ८८ जनामा डेङ्गी सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये चार सय १७ चितवनका छान भने एक सय ७१ जना  जिल्लाबाहिरका रहेका जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिए । उनका अनुसार लामखुट्टेको टोकाइबाट यो रोग लाग्ने गर्दछ । उनले भने, ‘सूर्य उदाएको दुई घण्टा अघि र अस्ता...

गण्डकी गाउँपालिका वडा नम्बर ६ को सेवा केन्द्र पल्लोटारमा स्थापना

गण्डकी गाउँपालिका वडा नम्बर ६ को सेवा केन्द्र  पल्लोटारमा स्थापना
पल्लोटार ,९ भदौ । गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ६ को सेवा केन्द्र पल्लोटारमा स्थापना गरिएको छ । भौगोलिक अवस्थालाई मध्यनजर गर्दै गण्डकी गाउँपालिका वडा नं ६ को सेवा केन्द्र सोही वडाको पल्लोटारको भैरवी कृषि सहकारी संस्था लि.को भवनबाट आइतबारदेखि सेवा शुभारम्भ गरिएको हो । गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना ‘साकार’ले एक कार्यक्रमकाबिच सेवा केन्द्रको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा वडा नं ६ का वडाध्यक्ष तुल बहादुर गुरुङ, वडा नं ७ का वडा अध्यक्ष तुलसी रेग्मी लगायत जनप्रतिनि...

रामेछापमा पहिरोमा परी ८ बेपत्ता, २ को शव फेला

रामेछापमा पहिरोमा परी ८ बेपत्ता, २ को शव फेला
रामेछाप  : पहिरोमा परेर रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ मा  ८ जना बेपत्ता भएका छन्। २ जनाको शव भेटिएको छ। एक बालकको जिवितै उद्धार गरिएको छ। गएराति १ बजेतिर उक्त गाउँपलिकाको लेकखर्कमा पहिरोमा परेर ८ जना बेपत्ता भएको रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले जानकारी दिइन्। पहिरोले ४ घर बगाएको छ। थप विवरण आउन बाँकी छ।

नारायणगढ -मुग्लिन सडकखण्डको घुमाउनेमा बस दुर्घटना,१५ जना घाइते

नारायणगढ -मुग्लिन सडकखण्डको घुमाउनेमा  बस दुर्घटना,१५ जना  घाइते
चितवन :  नारायणगढ–मुग्लिन   सडकखण्ड अन्तरगत भरतपुर महानगरपालिका २९  घुमाउनेमा बस दुर्घटना हुँदा १५ जना जना घाइते भएका छन्। महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउने भन्ने स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिनुभयो । बसमा आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको  प्रहरीले जनाइएको छ। सडक किनारमा लगाइएको बारले छेकेकाले बस...

हाइलक्स गाडी सुनकोसीमा खस्यो, ३ जना बेपत्ता

हाइलक्स गाडी सुनकोसीमा खस्यो, ३ जना बेपत्ता
काठमाडौँ :  सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ बेलटारस्थित सडकबाट एक हाइलक्स गाडी सुनकोशी नदीमा खसेको छ। हाइलक्समा सवारमध्ये एक जना घाइतेलाई उद्धार गरी उपचारका लागि खुर्कोटस्थित अस्पताल पठाइएको छ। हाइलक्समा सवार तीन जना वेपत्ता भएका छन् । नदीमा खसेको हाइलक्स र बाँकी यात्रुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। खोटाङको हलेसीबाट काठमाडौँतर्फ आइरहेको सो हाइलक्स कार आज करिब साँझ ५स्३० बजे नदीमा खसेको थियो। घटनाको थप विवरण आउन बाँकी छ।

स्याङ्दी खोलामा झोलुङ्गे पुल निर्माण ,बाढीका कारण आवतजावत गर्न नपाउने अवस्थाको अन्त्य

स्याङ्दी खोलामा झोलुङ्गे पुल निर्माण ,बाढीका कारण आवतजावत गर्न नपाउने अवस्थाको अन्त्य
चितवन  :   चितवनको स्याङ्दी खोलामा झोलुङ्गे पुल निर्माण भएको छ । इच्छाकामना गाउँपालिका–७ स्थित सिमलढाप र बाघखोर जोड्ने स्याङ्दी खोलामा झोलुङ्गे पुल निर्माण गरिएको हो । पुलको शुक्रबार गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले पुल निर्माणपछि बर्खाको समयमा बाढीका कारण आवतजावत गर्न नपाउने अवस्थाको अन्त्य भएको बताउनुभयो । “पुल निर्माणपछि यहाँका नागरिक अब निकै लाभान्वित हुनेछन्”, उहाँले भन्नुभयो, “धेरै वर्षअघि निर्माण हुनुपर्ने पुल हाम्रो कार्याकालमा ...

आँबुखैरेनीको ऐनापहारा दुर्घटनका मृतकको शव भारत लगियो

आँबुखैरेनीको ऐनापहारा दुर्घटनका मृतकको शव भारत लगियो
चितवन,८ भदौ :  तनहुँको आँबसखैरेनी स्थित ऐनापहरामा बस दुर्घटनामा परेर मृत्यु भएकाहरुको शव भारत लगिएको छ । भरतपुर अस्पतालमा शव परीक्षण सकेपछि भारतीय एयरफोर्सको जहाजबाट आज अपरान्ह भरतपुर बिमानस्थलबाट भारत लगिएको हो ।मृतक २७ मध्ये २५ जनाको शव जहाजबाट लगिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेब यादवले जानकारी दिनुभयो । उहाँका अनुसार बसका चालक र सहचालकको शव भने स्थलमार्गबाट गोरखपुरतर्फ लगिएको छ । मृतकको शव लिन भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से पनि भरतपुर आ...

अण्डाको माग बढ्यो, मूल्य बढाइयो

अण्डाको माग बढ्यो, मूल्य बढाइयो
चितवन  : भदौ लागेपछि अण्डाको माग बढेको छ । साउनमा व्रत बस्ने र चोखो खाने धार्मिक मान्यतालगायतका कारण अण्डा उपभोग घटेकोमा भदौ लागेसँगै माग बढेको व्यवसायीले बताएका छन् । दाउन्ने एग्रो फार्म लिमिटेडका कार्यकारी निर्देशक विनोद पोखरेलले भदौ लागेसँगै अण्डाको माग बढेको बताए । उनका अनुसार माग बढेसँगै फार्महरुले अण्डाको मूल्य बढाएका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उत्पादकले मात्रै मूल्य तय गर्न निर्देशन गरेपछि फार्महरुले आफैँ मूल्य निर्धारण गर्ने गरेका छन् । प...