आँबुखैरेनी ः तनहुँमा भएको बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले घटनास्थलबाट १४ जनाको शव बाहिर निकालिएको जानकारी दिए ।
उनले १६ जना घाइतेलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा पठाएको जानकारी समेत दिए । अहिले उद्धार कार्य जारी रहेको थापाले बताए ।
शुक्रबार तनहुँको आँबुखैरेनी गाउँपालिका २ ऐनापहरा नजिकबाट मर्स्याङ्दी नदीमा बस खसेको थियो ।
बसमा ४० जना सवार रहेको अनुमान गरिएको छ। दुर्घटनास्थल अप्ठ्यारो भीर र तल नदी बगिरहेको कारण उद्दारका लागि डोरीको सहायताले जानुपर्ने अवस्था रहेको प्रहरीको भनाइ छ।