मुग्लिन,७ भदौ :  नारायणगढ –मुग्लिन सडकमा  बस दुर्घटना हुदाँ १९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक भेषराज रिजालका अनुसार  भरतपुर महानगरपालिका २९ स्थित सत्र किलोमा शुक्रबार दिउँसो १ : ५० बजे रौतहटको गौरबाट पोखरा तर्फ जादँै गरेको ग २ ख ४७  नम्बरको बस सडकमाथिबाट ढुङ्गाखसेपछि चालक आत्तिएर आफै अनियन्त्रित भई सडकमा पल्टिएर  दुर्घटना भएको हो । दुर्घटनाका घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रवक्ता रिजालले बताउनुभयो ।
उहाँका अनुसार  घाइतेहरु मध्ये ९ जनाको  भरतपुर अस्पताल  र १० जनाको  पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।