चितवन : भरुवा बन्दुक पड्केर एक युवक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर २९ किपटमा बुधबार साँझ ५ बजेको समयामा मास लगायतको खेतमा बाँदर धपाउने क्रममा चिप्लेर लड्दा आफैले बोकेको बन्दुक पड्की छर्राले लागेर भरतपुर २९ किपटका २३ बर्षिया पासाङ भुजेल घाइते भएका हुन् ।
घाइते गुरुङको शरिरको विभिन्न भागमा छर्रा लागेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी निरिक्षक लक्ष्मण केसीले बताउनुभयो । घाइते गुरुङको अहिले नयाँ मेडीकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उहाँका अनुसार घाइते भुजेलको अवस्था मध्यम रहको छ । घटना पश्चात प्रहरीले थप खोजतलास गर्ने क्रममा एक जना पक्राउ गर्न साथै दुई थान भरुवा बन्दुक बरामद गरेको छ । इलाका प्रहरी कार्यालय मुग्लिनबाट खटिएको प्रहरी निरिक्षक निरला भण्डारी प्रहरीको टोलीले भरतपुर २९ बिनि डाडाँमा आज (बिहिबार) दिउँसो ३ बजेको समयम भरुवा बन्दुक बोकेर हिडिँरहेको अवस्थामा सोही स्थान बस्ने ४४ बर्षिया कुमार गुरुङलाई पक्राउ गरिएको प्रहरी निरिक्षक केसीले बताउनुभयो ।
यसैबिच भरतपुर २९ कै सिरुबारी स्थित झाडीमा बेसाबुद भरुवा बन्दुक एक थान फेला पारी बरामद गरिएको उहाँले बताउनुभयो । पक्राउ परेका गुरुङ र भरुवा बन्दुक इलाका प्रहरी कार्यालयमा राखिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।