Banner News

अब सरकारी कर्मचारीलाई खाजा समय आधा घण्टा मात्रै

अब सरकारी कर्मचारीलाई खाजा समय आधा घण्टा मात्रै
काठमाडौँ : सरकारी कार्यालयमा कर्मचारीहरूको खाजा खाने समय घट्ने भएको छ।आइतबार राति प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आधिकारिक फेसबुकमा लेख्दै सरकारी कार्यालयमा खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको भन्दै समय घटाइएको बताएका हुन्। उनका अनुसार अब खाजा समय एक घण्टा नभएर आधा घण्टा कायम गरिएको छ। खाजाको नयाँ समय दिउँसो साढे १ बजे देखि २ बजेसम्म तोकिएको छ। त्यस्तै खाजा समयको नियम उल्लंघन गरेको पाइएमा हेलो सरकारमा गुनासो टिपाउन पनि प्रधामन्त्री ओलीले अनुरोध गरेका छन्। ...

आज बीपी कोइरालाको १११औँ जन्मजयन्ती मनाइँदै

आज बीपी कोइरालाको १११औँ जन्मजयन्ती मनाइँदै
काठमाडौं : पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १११औँ जन्मजयन्ती सोमबार मनाइँदैछ।नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको निधन २०३९ साउन ६ गते भएको थियो। दिवसका अवसरमा कांग्रेस, भ्रातृ संस्था र बीपी सङ्ग्रहालय समितिले मुलुकभर विभिन्न कार्यक्रम गर्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बीपी कोइराला राष्ट्रिय पुरस्कार वितरण गर्ने कार्...

चितवनमा कन्टेनर र मोटरसाइकल एकापसमा ठोक्किदाँ मोटरसाइकल चालकको मृत्यु

चितवनमा कन्टेनर र मोटरसाइकल एकापसमा ठोक्किदाँ मोटरसाइकल चालकको मृत्यु
चितवन  : रत्ननगरमा  कन्टेनर र मोटरसाइकललाई एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिरगञ्जबाट कुखुराको दाना लोड गरि भरतपुर तर्फ आईरहेको ना ८ख २८१८ नम्बरको कन्टेनर र बिपरित दिशाबाट गईरहेको बागमती प्रदेश ०६–००३प ४८५१ नम्बरको मोटरसाइकल  सोमबार बिहान २ ः १० बजे  रत्ननगर नगरपालिका ३ शान्तिचोकमा एकापसमा ठक्कर खाँदा  मोटरसाइकल चालक रत्ननगर नगरपालिका १५ बस्ने बर्ष ३४ को जीवन मग्राती गम्भीर घाइते हुनुभएको थियो । घाइते मग्रातीको उपचारको क्रम...

स्कुटरलाई ट्रकले ठक्कर दिदाँ तनहुँका युवाको मृत्यु

स्कुटरलाई ट्रकले ठक्कर दिदाँ  तनहुँका युवाको मृत्यु
चितवन  : नारायणगढ–मुग्लिन  सडक खण्ड अन्तर्गत भरतपुर–२९ स्थित जुगेडीमा ट्रकले स्कुटरलाई ठक्कर दिदाँ  एक जनाको मृत्यु भएको छ । नारायणगढबाट मुग्लिन तर्फ आउँदै गरेको ना ८ ख ५९६१ नम्बरको ट्रकले विपरित दिशाबाट जादै गरेको बागमति प्रदेश ०३ ००२ प ६१७८ नम्बरको स्कुटरलाई गएराति ९ बजे ठक्कर दिदा उनको मृत्यु भएको हो । मृत्यु हुनेमा स्कुटर चालक घासीकुँवा तनहुँका ३६ वर्षीय कृष्ण बहादुर थापा मगरको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ ।  

आज सप्तर्षिको पूजाआराधना गरी ऋषिपञ्चमी मनाइँदै

आज सप्तर्षिको पूजाआराधना गरी  ऋषिपञ्चमी मनाइँदै
काठमाडौं : भाद्र शुक्ल पञ्चमी। सनातन धर्मावलम्बी महिलाले आइतबार ऋषिपञ्चमी पर्व मनाउँदैछन्।सबेरै उठी पायक पर्ने नदी, पवित्र तलाउ आदि स्थानमा गई विधिपूर्वक माटो, गोबर, कुश, तिल, अपामार्ग (दतिवन) प्रयोग गरी स्नान गर्ने परम्परा छ। महिलाहरूले दतिवनका ३६५ डाँठले दाँत माझ्ने र ३६५ वटा पातले नुहाउँछन्। ३६५ पटक स्नान गर्नुपर्ने मान्यताका आधारमा महिला चाल्नोबाट पानी खन्याई नुहाउने गर्छन्। यसपछि सप्तऋषिको पूजा गर्ने परम्परा छ। कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वश...

चेपाङले मनाए छोनाम(न्वागी) पर्व

चेपाङले मनाए छोनाम(न्वागी) पर्व
मुग्लिन : सीमान्तकृत समुदायमा पर्ने चेपाङ समुदायले शनिबार छोनाम (न्वागी) पर्व मनाएका छन् । विगत वर्षहरूमा जस्तै यस वर्ष पनि चेपाङ समुदायको राष्ट्रिय पर्व छोनाम (न्वागी) सामूहिक रूपमा मनाएका हुन् । नेपाल चेपाङ सङ्घ केन्द्रीय समितिको आयोजनामा गोरखाको गण्डकी गाउँपालिका–६ तोमनडाँडामा भेला भएर नाचगान गरी शुभकामना साटासाट गरेर यो पर्व मनाइएको हो । सो अवसरमा नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले चेपाङ समुदायको भाषा, धर्म, संस्कृति र परम्पराको संरक्षण गर्न हर्षोल...

नेकपा एमाले इच्छाकामना ७ को अध्यक्षमा सन्त बहादुर गुरुङ

नेकपा एमाले इच्छाकामना ७ को अध्यक्षमा सन्त बहादुर गुरुङ
चितवन,  २२ भदौ ।नेकपा (एमाले) वडा कमिटी इच्छाकामना गाउँपालिका ७ को अध्यक्षमा सन्त बहादुर गुरुङ चयन भएका छन् । आज शनिबार सम्पन्न पार्टीको दोश्रो वडा अधिवेशनले गुरुङको नेतृत्वमा ४१ सदस्यीय वडा कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा हस्तबहादुर लामा, सचिवमा धन बहादुर गुरुङ, सहसचिवहरुमा सुरज मगर र गोमा गुरुङ चयन भएका छन् । अधिवेशनको अवसरमा खेलाडीहरुलाई फुटबल र भलिवल सामग्री प्रदान गर्नुका साथै विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । अधिवेशनमा नेकपा एमाले पोलिटब...

पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालन

पृथ्वीराजमार्ग दुईतर्फी सञ्चालन
कुरिनटार  : पहिरोका कारण अवरुद्ध बनेको पृथ्वीराजमार्ग सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार इच्छाकामना गाउँपालिका वडा नम्बर ३ फिस्लिङ नजिकै शनिबार बिहान ७ :  २५ बजे सुक्खा पहिरो खसेर राजमार्ग दुईतर्फी अवरुद्ध बनेको थियो । अहिले पहिरो हटाएपछि राजमार्गमा यातायात दुईतर्फी नै सञ्चालनमा आएको प्रहरी नायब उपरीक्षक रिजालले जानकारी दिनुभयो ।  

फिस्लिङ नजिकै पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

फिस्लिङ नजिकै पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध
कुरिनटार :   सुक्खा पहिरोका कारण पृथ्वीराजमार्ग अवरुद्ध बनेको छ  । जिल्ला प्रहरी कार्यालय  चितवनका अनुसार   इच्छाकामना ३ फिस्लिङ नजिकै विहान ७ : २५ बजे पहिरो खसेर राजमार्ग दुई तर्फी अवरुद्ध बनेको हो ।   अहिले पहिरो पञ्छाउनका लागि सडक विभागसँग समन्वय भईरहको प्रहरीले जनाएको छ ।

आज छोनाम (न्वागी) मनाउँदै चेपाङ समुदाय

आज छोनाम (न्वागी) मनाउँदै चेपाङ समुदाय
मुग्लिन  , भदौ २२– चेपाङ समुदायले आज छोनाम (न्वागी) पर्व मनाउँदै छन् । चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रूपमा मनाइने हरेक वर्ष भदौ २२ मा यो पर्व मनाउने चलन छ । विगतका वर्षमा जस्तै यस वर्ष पनि सामूहिक रूपमा छोनाम पर्व मनाउन लागिएको नेपाल चेपाङ सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले जानकारी दिनुभयो । यसपटक गोरखाको गण्डकी गाउँपालिका–६ तोमनडाँडामा भेला भई नाचगानगरी पर्व मनाउन लागिएको उहाँले बताउनुभयो । गत वर्ष धादिङ गजुरी गाउँपालिका–५ च्याङ्लीमा सामूहिक रुपमा भेला भए...