चितवन : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) चितवनको २९ औँ जिल्ला सम्मेलन सुरु भएको छ । “समाजवादी शिक्षा र सुशानको पक्षमा हाम्रो अभियान सुदृढ संगठन निर्माण गर्न २९ औँ जिल्ला सम्मेलन” भन्ने मुल नाराका साथ नेकपा माओावदी केन्द्रको कार्यालयको सभाहलमा आजदेखि सम्मेलन सुरु भएको हो ।
सम्मेलनको नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा वागमती प्रदेश कार्यालय सदस्य इश्वरी भट्टराईले उद्घाटन गर्नुभयो । सम्मेलनको उद्घाटन गर्दै केन्द्रिय सदस्य भट्टराईले अब क्रान्तिको रक्षा र विकासको दायित्व अखिल क्रान्तिकारीले लिनुपर्ने बताउनुभयो । भष्ट्रचारीको भण्डाफोर गर्दै सुशासनको पक्षमा लड्न विद्यार्थीहरुलाई निर्देशन दिनुभयो ।
सम्मेलनको उद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज घनश्याम दाहाल‘अविनास’ विशिष्ट अतिथि रहनुभएको थियो ।
केन्द्रिय सदस्य तथा महानगर इन्चार्ज निशा न्यौपाने , जिल्ला संयोजक रामचन्द्र अधिकारी ‘आरसी’ , जिल्ला सचिव दोर्णबाबु सिवाकोटी, अखिल क्रान्तिकारीका केन्द्रिय सचिव अशोक देवकोटो आतिथ्य तथा जिल्ला संयोजक सुसन पौडेलको सभापतित्वमा उद्घाटन समारोह सम्पन्न भएको हो । सम्मेलनको भोलीदेखि बन्द सत्र सुरु हुने अखिल क्रान्तिकारी चितवनले जनाएको छ ।