Banner News

अवरुद्ध मुग्लिन– आँबुखैरेनी सडक एकतर्फी सञ्चालन

अवरुद्ध मुग्लिन– आँबुखैरेनी सडक एकतर्फी सञ्चालन
मुग्लिन :  पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन– आँबुखैरेनी सडक एकतर्फी सञ्चालनमा आएको हो । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ डम्पिङमा आज बिहान ५ः२५ बजे पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । सडकमाथिबाट खसेको पहिरो हटाएर एकतर्फी रूपमा सडक सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । सांकेतिक तस्बीर

मौसम : देशभर सामान्य बदली रही केही स्थानमा मध्यम बर्षाको सम्भावना

मौसम :  देशभर सामान्य बदली रही केही स्थानमा मध्यम बर्षाको सम्भावना
काठमाडौँ :  मौपुर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशभर सामान्य बदली रहि प्रदेश नं १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भईरहेको छ। दिउँसो देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ। राती देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्...

रिभर फन विच रिसोर्ट बुट्टारले चितवन र गोरखा जोड्ने चुमखोलामा जीपलाइन सञ्चालन गर्ने

रिभर फन विच रिसोर्ट बुट्टारले चितवन र गोरखा जोड्ने चुमखोलामा जीपलाइन सञ्चालन गर्ने
दान बहादुर गुरुङ चितवन :  चितवनको इच्छाकामना गाउँपालिका ३ चुमखोला र गोरखाको गण्डकी गाउँपालिका १ बुट्टार जोड्ने स्थानमा निर्माण भइरहेको जीपलाइनको काम ४० प्रतिशत सम्पन्न भएको छ । गत फागुन ४ गते श्रीपञ्चमीका दिन गण्डकी गाउँपालिका अध्यक्ष होम बहादुर रानाले शिलान्यास गर्नुभएको हो । कोरोना महामारीका कारण निषेधाज्ञा जारी भए पछि निर्माण कार्यमा ढिलाई भएको रिभर फन विच रिसोर्टका प्रबन्ध निर्देशक शंकर अधिकारीले बताउँनु भयो । आन्तरिक पर्यटकलाई आकर्षित गर्ने उदेश्यले करिव २ करोडको लागतम...

चितवनका सातवटै पालिकाहरुले ल्याण्डफिल साइट बनाउन सकेनन्

चितवनका सातवटै पालिकाहरुले ल्याण्डफिल साइट बनाउन सकेनन्
नारायण अधिकारी चितवन  :  जिल्लाका सातवटै पालिकाले व्यवस्थित ल्याण्डफिल साइट बनाउन सकेका छैनन् । ती पालिकामा जनप्रतिनिधि आएको चार वर्ष बितिसक्दासमेत दीर्घकालीन ल्याण्डफिल बन्न नसकेका हो । अधिकांश पालिकाले फोहोर सङ्कलन गरेर नदी किनारमा लगेर फाल्ने गरेका छन् । यसका कारण नदी प्रदूषणको समस्या बढ्दो छ । पछिल्लो समय चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी र राप्ती फोहोर हुँदा वन्यजन्तु तथा जलचर प्रभावित हुने समस्या देखिएको छ । यहाँका कालिका र माडी नगरपालिकाले फोहोर सङ्कलनक...