पछिल्लो २४ घण्टामा चितवनमा पाँच जनाको मृत्यु , ६१ संक्रमित थपिए
चितवन : पछिल्लो २४ घण्टामा चितवनमा ६१ जना कोरोना संक्रमित थपिएका छन् । ७१९ जनाको पिसिआर परिक्षण गर्दा ४६ र ९९ को एन्टिजेन परिक्षण गर्दा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ३५,खैरहनिमा २ , माडि १० ,रत्ननगरमा १२,कालिकामा १ र इच्छाकामनाका १ जनामा संक्रमण भएको हो।
जिल्लामा आज ५ जना कोरोना संक्रमितको ज्यान गएको छ। चितवनका चार र गोरखाका एक जनाको ज्यान गएको हो । चितवनका विभिन्न अस्पतालमा ३८ जनाको आइसियुमा छन। ज...








