Banner News

नारायणगढ – मुग्लिन सडक अवरुद्ध

नारायणगढ – मुग्लिन सडक अवरुद्ध
मुग्लिन :नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । यस सडकखण्ड अन्तरगत चितवनको इच्छाकामना ६ पाँचकिलोमा आज विहान ७ :१५ बजे सडकमाथिबाट लेदो सहित पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अहिले सडक विभागको लोडर पहिरो स्थलमा पुगेपनि बर्षा भइरहेकोले पहिरो हटाउन कठिनाई भएको छ । सडक सुचारु नभएसम्म सुरक्षित स्थानमा सवारीलाई पार्किङ गर्न चालकहरुलाई प्रहरीलेअनुरोध गरेको छ ।

नेपाली कांग्रेस चितवनको सह-सचिव राजन कार्कीको उम्मेद्बारी घोषण

नेपाली कांग्रेस चितवनको सह-सचिव राजन कार्कीको उम्मेद्बारी घोषण
चितवन, भदौ १७– नेपाली कांग्रेस चितवनका सह-सचिव राजन कार्कीले १४ औं महाधिवेशनमा पनि जिल्ला सह-सचिव पदका लागि उम्मेद्वारी घोषणा गरेका छन् । आज (विहिवार) भएको भरतपुर महानगरपालिका–११ को क्रियाशिल वडा भेलामा कार्कीले सह-सचिवमा उम्मेद्वारी घोषणा गरेका हुन् । भरतपुर ११ कार्कीको आफ्नो वडा हो। कार्की युवाहरुको लोकप्रिय नेता हुन् । उम्मेद्वार घोषणा गरेसंगै इच्छा खबर संग कुरा गर्दै महासमिति सदस्य समेत रहेका कार्कीले कार्यकर्ताको भावना अनुसार आफुले उम्मेद्वारी घोषणा गरेको बताए । ...

पछिल्लो २४ घण्टामा चितवनमा कोरोनाबाट पाँच जनाको मृत्यु, ७१ संक्रमित थपिए

पछिल्लो २४ घण्टामा चितवनमा कोरोनाबाट पाँच जनाको मृत्यु, ७१ संक्रमित थपिए
चितवन :  पछिल्लो २४ घण्टामा चितवनमा कोरोना संक्रमणबाट पाँच जनाको ज्यान गएको छ । स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर अस्पतालमा दुई जना र चितवन मेडिकल कलेजमा तीन जना कोरोना संक्रमितको मृत्यु भएको हो । मृतकमध्ये चितवनका तीन जना, मोरङको एक जना र लमजुङको एक जना रहेका छन् । त्यसैगरी चितवनमा विगत २४ घण्टामा ७१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार भरतपुर महानगरपालिकामा ५२ जना, खैरहनी नगरपालिकामा एक जना, माडीमा सात जना, रत्ननगर नगरपालिक...

अख्तियारद्वारा भरतपुर अस्पतालमा छापा

अख्तियारद्वारा भरतपुर अस्पतालमा छापा
चितवन :  भरतपुर अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । अख्तियारले आज अस्पतालले संचालन गरेको फार्मेसीमा अनियमितता भएको उजुरी पछि छापा मारेको जनाइएको छ । बाहिरी फर्मबाट औषधि खरिद गरेको, सामान्य औषधि समेत उपलब्ध नगराएको जस्ता विषयमा उजुरी परेको बुझिएको छ ।

चितवनको इच्छाकामना,गोरखाको मकैसिङ र भूम्लिचोक क्षेत्रमा दुई दिन विधुत सेवा अवरुद्ध हुने

चितवनको इच्छाकामना,गोरखाको मकैसिङ र भूम्लिचोक क्षेत्रमा दुई दिन विधुत सेवा अवरुद्ध हुने
कुरिनटार :  चितवनको इच्छाकामना,गोरखाको मकैसिङ र भूम्लिचोक क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने भएको छ । मस्र्याङ्गदी बहुउदेश्यीय सहकारी संस्था लि.मुग्लिनका अनुसार ११ केभिए प्रशारण लाइनमा बुस कटिङ्ग कार्य हुने भएकाले चितवनको इच्छाकामनाका मुग्लिन, केबुलकार,कुरिनटार चुम्लिङ्गटार फिस्लिङ्ग लगायतका क्षेत्र र गोरखाको मकैसिङ र भूम्लिचोक क्षेत्रमा शुक्रबार र शनिबार (भदौ १८ र १९ ) गते दुई दिन विहान ७ बजे देखि दिउँसो २ बजे सम्म विद्युत सेवा अवरुद्ध हुने भएको हो । तोकिएको समय अगावै का...

खोलाले कार बगाउँदा चारजनाको मृत्यु, एक घाइते

खोलाले कार  बगाउँदा चारजनाको मृत्यु, एक घाइते
दाङ,१७ भदौ । खोलाले गाडी बगाउँदा चारजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार दाङको घोराही – लमही सडक खण्डको घोराही उपमहानगरपालिका ४ सिस्ने खोलामा आएको बाढीले प्रदेश ०३– ०१ –०२४ च ४४४० नम्बरको कारलाई बगाउँदाँ घोराही उपमहानगरपालिका १३ बस्ने ४० वर्षीया रिता माया पुन, सोही ठाउँकी ३२ वर्षीया सुशीला श्रेष्ठ, घोराही १४ की ३१ वर्षीया राधा कुँवर र सोही ठाउँकी ४२ वर्षीया विमला केसीको मृत्यु भएको हो । गाडी चालक घोराही १५ का ४० वर्षीया नरबहादुर पु...

सरकारी वेबसाइटले गोपनीयता राख्नुपर्ने

सरकारी वेबसाइटले गोपनीयता राख्नुपर्ने
काठमाडौँ : सरकारले सरकारी वेबसाइटले प्रचलित कानुनबमोजिम गोपनीयता राख्नुपर्ने व्यवस्था गरेको छ । सरकारी वेबसाइटले प्रचलित कानुनबमोजिम गोपनीयता राख्नुपर्ने व्यवस्थासहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारी कार्यालयको आधिकारिक वेबसाइट निर्माण तथा व्यवस्थापनसम्बन्धी निर्देशिका २०७८ जारी गरेको छ । वेबसाइट निर्माण तथा व्यवस्थापनसम्बन्धी निर्देशिका २०६८ भने खारेज गरिएको छ । निर्देशिकाले कार्यालय, कार्यालयको सेवा, कर्मचारीको विवरण, सम्पर्क नम्बर तथा इमेल, नागरिक बडापत्र,...

देशभर बदली रही केही स्थानमा बर्षाको सम्भावना

देशभर  बदली रही केही स्थानमा  बर्षाको सम्भावना
काठमाडौँ : जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। हाल देशभर सामान्य बदली रहि प्रदेश नं १ का धेरै र प्रदेश नं२, बागमती प्रदेशका केहि स्थानहरूमा वर्षा भइरहेको छ। दिउँसो देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ का एक(दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । राती देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का दे...

कक्षा १२ को परीक्षा भदौ ३० देखि सञ्चालन हुने (परीक्षा तालिका सहित )

कक्षा १२ को परीक्षा भदौ ३० देखि सञ्चालन हुने (परीक्षा तालिका सहित )
काठमाडौं : कक्षा १२ को परिक्षा परीक्षा भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ । यसअघि स्थगित परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले सूचना मार्फत जानकारी दिएको छ । यसअघि गत साउन ३१ देखि भदौ ९ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरिएको थियो । तर कोरोना भाइरस संक्रमण बढेको भन्दै स्थगित गरिएको थियो । राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले विद्यार्थीहरुको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद श...

आज एकैदिन ३ हजार भन्दा बढी कोरोना संक्रमण मुक्त, २ हजार ९२ थपिए

आज एकैदिन ३ हजार भन्दा बढी कोरोना संक्रमण मुक्त, २ हजार ९२ थपिए
काठमाडौं : केही दिनयता नेपालमा कोरोना संक्रमण देखिने भन्दा संक्रमण मुक्त हुनेको संख्या बढेको छ ।पछिल्लो २४ घण्टामा २ हजार ९२ जनामा कोरोना संक्रमण देखिँदा ३ हजार ३० जनाले संक्रमण जितेका छन् । स्वास्थ्य मन्त्रालयले गरेको प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता डा.कृष्ण प्रसाद पौडेलले १४ हजार ९ सय ३५ जनामा गरिएको परीक्षणमा १३ दशमलव ६ प्रतिशत व्यक्तिमा संक्रमण देखिएको जानकारी दिनुभयो । प्रवक्ता डा. पौडेलले संक्रमण पुष्टि हुने दर केही दिन यता कम भएको जस्तो देखिएता पनि प्रदेश अन...