
चितवन : पछिल्लो २४ घण्टामा चितवनमा ६१ जना कोरोना संक्रमित थपिएका छन् । ७१९ जनाको पिसिआर परिक्षण गर्दा ४६ र ९९ को एन्टिजेन परिक्षण गर्दा १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा ३५,खैरहनिमा २ , माडि १० ,रत्ननगरमा १२,कालिकामा १ र इच्छाकामनाका १ जनामा संक्रमण भएको हो।
जिल्लामा आज ५ जना कोरोना संक्रमितको ज्यान गएको छ। चितवनका चार र गोरखाका एक जनाको ज्यान गएको हो । चितवनका विभिन्न अस्पतालमा ३८ जनाको आइसियुमा छन। जसमध्ये १० जनाको भेन्टिलेटर र २८ जनाको एचडियुमा उपचार भइरहेको छ । अहिले चितवनमा सक्रिय संक्रमीत १२९१ जना रहेका छन।
चितवनमा कुल मृतकको संख्या ३९६ पुगेको छ । जिल्लामा आज १३५ जना संक्रमीत निको भएका छन।