Banner News

पहिरोका कारण मुग्लिन– नौविसे सडक दुइतर्फी अवरुद्ध

पहिरोका  कारण मुग्लिन– नौविसे सडक दुइतर्फी  अवरुद्ध
कुरिनटार : पहिरोका कारण मुग्लिन– नौविसे सडक अवरुद्ध भएको छ । पृथीराजमार्ग अन्तरगत धादिङको बेनीघाट रोराङ गाउँपालिका १० जोगिमारामा बिहान ६ बजे सडकमाथिबाट पहिरो खसेर राजमार्ग दुइतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो हटाउनका लागि फिस्लिङबाट सडक विभागको मेसिन सहित टोली पहिरो स्थल तर्फ गएको सडक विभागका सुपरभाइजर हरि घिमिरेले जानकारी दिनुभयो । पहिरो ठूलो खसेकाले सडक खुलाउनका लागि समय लाग्ने उहाँले बताउनुभयो।

इच्छाकामनामा चेपाङ समुदायको राष्ट्रिय पर्व न्वागीमा विदा दिन माग

इच्छाकामनामा चेपाङ समुदायको राष्ट्रिय पर्व न्वागीमा विदा दिन माग
कुरिनटार  : नेपाल चेपाङ संघ वागमती प्रदेशले इच्छाकामनामा न्वागी पर्व (छोनाम ल्होसारको) दिन भोली (भदौ २२) गते स्थानीय विदा दिन माग गरेका छन् । आज प्रमुख प्रशासकिय अधिकृत रामदत्त भट्टलाई स्थानीय विदाको माग गर्दै माग पत्र बुझाएका छन् । नेपाल चेपाङ संघ वागमती प्रदेशका सचिव लक्षमण चेपाङ, इच्छाकामना इकाइका अध्यक्ष विकास चेपाङ ,सचिव दीपा चेपाङ , सदस्यहरु शुक बहादुर चेपाङ र विर बहादुर चेपाङले आज माग मत्र बुझाएका हुन् । नेपाल चेपाङ संघ वागमती प्रदेशका सचिव लक्ष्मण चेपाङका अनुसार यस इच...

कांग्रेस इच्छाकामना ३ को वडा अधिवेशन सुरु, सर्वसहमतीमा आजै नेतृत्व चयन गरिने

कांग्रेस इच्छाकामना ३ को वडा अधिवेशन सुरु,  सर्वसहमतीमा आजै  नेतृत्व चयन गरिने
चुम्लिङ्गटार :  नेपाली कांग्रेस इच्छाकामनाको १४ औँ वडाअधिवेशन आजदेखि सुरु भएको छ । सात वटै वडामा अधिवेशन सुरु भएको हो । यसैबिच वडा नम्बर ३ को वडाअधिवेशनको इच्छाकामना गाउँपालिका अध्यक्ष तथा कांग्रेस महासमिति सदस्य गीता कुमारी गुरुङले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष गीता कुमारी गुरुङले देशमा जनतामा संकट आएको बेला समस्याको समाधान गरि देशलाई सहीमार्ग तर्फ डोर्‍याउन कांग्रेसले नेतृत्व गरेको बताउनुभयो । उहाँले अधिवेशनबाट सर्वसहमतीमा सक्षम नेतृत्व चयन हुने विश...

तनुहँका सात स्थानीय तहमा भौतिक उपस्थितिमा पठनपाठन

तनुहँका सात स्थानीय तहमा भौतिक उपस्थितिमा पठनपाठन
तनहुँ : गत वैशाखदेखि बन्द भएका तनहुँका विद्यालय सञ्चालनमा आएका छन् । दश स्थानीय तहमध्ये सात स्थानीय तहमा भौतिक उपस्थितिमा पठनपाठन सुरुआत गरिएको छ । सहरमा अनलाइन कक्षा प्रभावकारी भए पनि ग्रामीण भेगमा भने अनलाइन कक्षा सञ्चालनमा समस्या भइरहेको थियो । जिल्लाका व्यास, भिमाद, शुक्लागण्डकी, भानु नगरपालिका तथा ऋषिङ, घिरिङ र देवघाट गाउँपालिकाले विद्यालय सञ्चालन गराएका छन् । देवघाटले आइतबार मात्र विद्यालय सञ्चालन गराएको हो भने अन्य स्थानीय तहले केही दिन अगाडिबाट विद्यालय खुलाएका थ...

आज बागमती, गण्डकी, लुम्बिनी र प्रदेश १, का केही स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना

आज बागमती, गण्डकी, लुम्बिनी  र  प्रदेश १, का केही स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना
काठमाडौँ : जल तथा मौसम पुर्वानुमान महाशाखका अनुसार हाल देशमा उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्युन चापिय क्षेत्रको प्रभाव रहेको छ। अहिले देशभर सामान्य देखि पूर्णतया वदली रही प्रदेश नं १, प्रदेश नं २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग हल्का देखि मध्यम वर्षा भईरहेको छ। दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण...

११ बुदेँ माग पुरा नभए धर्ना, प्रर्दशन गर्ने बुढीगण्डकी राष्ट्रिय सरोकार समितिको चेतावनी

११ बुदेँ माग पुरा नभए  धर्ना, प्रर्दशन गर्ने बुढीगण्डकी राष्ट्रिय सरोकार समितिको चेतावनी
काठमाण्डौं : बुढीगण्डकी जलबिद्युत आयोजना राष्ट्रिय सरोकार समितिले आयोजनाको डुवान क्षेत्रमा पर्ने घर, गोठ, संरचना र बोटविरुवाको यथार्थ लगत संकलन, मुआब्जा निर्धारण लगायतका बिभिन्न ११ बुदेँ माग अघि सारेको छ । आइतबार पत्रकार सम्मेलनको आयोजना गरि समितिले आफुहरुले डुवान प्रभावित क्षेत्रको माग पुरा गर्न पटक पटक आग्रह गरेपनि सरकारले सुनुवाई नगरेको भन्दै १० दिन भित्रमा पुरा नभए धर्ना प्रर्दशनको कार्यक्रम गर्ने जनाएको छ । पत्रकार सम्मेलनमा समितिका संयोजक हरेराम ढकालले घर गोठ लगायतक...

मनकामना केबलकार मन्दिर खुलेपछि मात्र सञ्चालनमा आउने

मनकामना केबलकार मन्दिर खुलेपछि मात्र सञ्चालनमा आउने
कुरिनटार : आजदेखि सञ्चालनमा आउने भनिएको मनकामना केबलकार केही दिन पर सरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनबाट कुनै निर्णय नआएकाले आजदेखि केबलकार सञ्चालन नगरिएको मनकामना दर्शन प्रालिका नायव महाप्रबन्धक उज्जवल शेरचनले बताउनुभयो । उहाँका अनुसार मनकामना मन्दिर खुलाउनका लागि जिल्ला प्रशासन कार्यालय गोरखाले निर्णय गरेपछि २/३ दिनमा केबलकार पनि सञ्चालन गरिने छ। उहाँले भन्नुभयो,“ जिल्ला प्रशासन कार्यालय चितवनको अनुरोधमा आज देखि सञ्चालन गर्ने भनिएपनि रोकिएको हो, जिल्ला प्रशास...

दीपशिखाको चेतावनीः ‘महेश बस्नेतहरूले धेरै चुरीफुरी गर्नु पर्दैन, पहिले आउँदो चुनाव जितेर देखाउ’

दीपशिखाको चेतावनीः ‘महेश बस्नेतहरूले धेरै चुरीफुरी गर्नु पर्दैन, पहिले आउँदो चुनाव जितेर देखाउ’
कुरिनटार, १९ भदौ । वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटाले महेश बस्नेतलाई आउँदो निर्वाचन जितेर देखाउन चेतावनी दिएका छन् । वाईसीएल र अखिल(क्रान्तिकारी)को संयुक्त भेलालाई चितवनको इच्छाकामनामा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटाले उक्त भनाइ राखेका हुन् । वाईसीएल मूलतः हिजो जनयुद्धमा बन्दुक बोकेर जनयुद्धमा होमिएका युवाहरूको शान्ति प्रक्रियापछिको दस्ता रहेकोमा परिवर्तित सन्दर्भमा आजको पछिल्लो प्रविधि प्रयोग गर्ने अत्याधुनिक युवाहरूमा पनि अब्बल दस्...

इच्छाकामनामा कांग्रेस र एमाले परित्याग गरि नेकपा माओवादी केन्द्रमा ६५ जना प्रवेश

इच्छाकामनामा कांग्रेस र एमाले परित्याग गरि नेकपा   माओवादी केन्द्रमा ६५ जना प्रवेश
कुरिनटार, १९ भदौ । चितवनको इच्छाकामनामा विभिन्न पार्टी परित्याग गरि ६५ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। नेपाली कांग्रेस नेकपमा एमाले परित्याग गरि ६५ जना प्रवेश गरेको नेकपा माओवादी केन्द्र जिल्ला सचिवालय सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङले जानकारी दिनुभयो । शनिबार सिद्धार्थ रिर्सोट चुम्लिङ्गटारमा सम्पन्न वाइसियल नेपाल इच्छाकामना र अनेरास्ववियु कान्तिकारीको भेलामा उनिहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई नेकपा माओावदी केन्द्रका केन्द...

वाइसियल नेपाल इच्छाकामनाको अध्यक्षमा झलक र सचिवमा हिमाल

वाइसियल नेपाल इच्छाकामनाको अध्यक्षमा झलक र सचिवमा हिमाल
कुरिनटार : योङ्ग कम्युनिष्ट लिग (वाइसियल) नेपाल इच्छाकामनाको अध्यक्षमा झलक गुरुङ चयन हुनुभएको छ । नेकपा माओवदाी केन्द्रका केन्द्रिय सदस्य तथा वाइसिल नेपालका फ्याक्सन इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले गुरुङलाई अध्यक्षमा चयन गरिएको हो । यसैबिच सचिवमा हिमाल कुँवरलाई चयन गरिएको छ । नवगठित कमिटीलाई वाइसियल नेपाल चितवनका संयोजक मधु न्यौपानेले सपथ ग्रहण गराउनुभएको हो। नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा वाइसियल नेपालका फ्याक्सन इन्चार्ज राम...