
कुरिनटार, १९ भदौ । वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटाले महेश बस्नेतलाई आउँदो निर्वाचन जितेर देखाउन चेतावनी दिएका छन् । वाईसीएल र अखिल(क्रान्तिकारी)को संयुक्त भेलालाई चितवनको इच्छाकामनामा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटाले उक्त भनाइ राखेका हुन् ।
वाईसीएल मूलतः हिजो जनयुद्धमा बन्दुक बोकेर जनयुद्धमा होमिएका युवाहरूको शान्ति प्रक्रियापछिको दस्ता रहेकोमा परिवर्तित सन्दर्भमा आजको पछिल्लो प्रविधि प्रयोग गर्ने अत्याधुनिक युवाहरूमा पनि अब्बल दस्ता निर्माण गरिने सापकोटाको भनाइ थियो ।
वाईसीएल सहरका युवाहरूमाझ सबैभन्दा लोकप्रिय र पुनः मुलुकको पहिलो सङ्गठन बनाइने दाबी गर्दै उनले महेश बस्नेतहरूलाई चुरीफुरी धेरै नगर्न र हिम्मत भए आगामी निर्वाचन जितेर देखाउन चेतावनी दिए । ू समाजको हर क्षेत्रका उत्कृष्टहरूलाई वाईसीएलमा ल्याइने भन्दै उनले अगाडी भने ू एउटा राम्रो खेलाडी, राम्रो कलाकार , उत्कृष्ट विद्यार्थी वा समाजमा योगदान गरेका व्यक्तिलाई वाईसीएल बन्न लामो समय कुरेर क्रियाशील भइरहन जरुरी हुन्न। राष्ट्रको योगदान दिने हरेक व्यक्ति वाईसीएलको सदस्य हुने हक स्वतः राख्छ ।ू
अखिल९क्रान्तिकारी०का उपमहासचिव जपी मैनाली सहित वाइसियलका निवर्तमान सचिव द्वय दिवस पाण्डे र केयर सिंह कुवर , लुम्बिनी प्रदेश संयोजक जितेन्द्र पुन, नेताहरु सन्तोष पनेरु, साजन अधिकारी , तथा अखिल९क्रान्तिकारी० नेताहरु बसन्त आचार्य र अविनाश रम्तेलले शुभकामना मन्तव्य राखेको इच्छाकमना भेलाले वाईसीएल अध्यक्षमा झलक गुरुङ र अखिल९क्रान्तिकारी० अध्यक्षमा सुमित्रा प्रजाको नेतृत्वमा नयाँ टिम निर्वाचित गरेको छ ।
कार्यक्रममा नेपाली काँग्रेस र एमाले परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका साठी विभिन्न व्यक्तिहरूलाई माओवादी ९केन्द्रका० केन्द्रीय सदस्य समेत रहेका रामप्रसाद सापकोटाले टिका र खादा लगाएर स्वागत गरेका थिए ।