कुरिनटार, १९ भदौ । चितवनको इच्छाकामनामा विभिन्न पार्टी परित्याग गरि ६५ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। नेपाली कांग्रेस नेकपमा एमाले परित्याग गरि ६५ जना प्रवेश गरेको नेकपा माओवादी केन्द्र जिल्ला सचिवालय सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङले जानकारी दिनुभयो । शनिबार सिद्धार्थ रिर्सोट चुम्लिङ्गटारमा सम्पन्न वाइसियल नेपाल इच्छाकामना र अनेरास्ववियु कान्तिकारीको भेलामा उनिहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरुलाई नेकपा माओावदी केन्द्रका केन्द्रिय सदस्य तथा वाइसिय नेपालका फ्याक्सन इन्चार्ज रामप्रसाद सापकोटा (दिपशिखाले) खादा र टिका लगाई पार्टीमा स्वागत गर्नुभएको हो ।
यसैबिच केही दिन अघि कांग्रेसमा प्रवेश गरेका तुल बहादुर गुरुङ र सानु चेपाङ माओवादी केन्द्रमै फर्किएका छन् ।