चुम्लिङ्गटार :  नेपाली कांग्रेस इच्छाकामनाको १४ औँ वडाअधिवेशन आजदेखि सुरु भएको छ । सात वटै वडामा अधिवेशन सुरु भएको हो ।
यसैबिच वडा नम्बर ३ को वडाअधिवेशनको इच्छाकामना गाउँपालिका अध्यक्ष तथा कांग्रेस महासमिति सदस्य गीता कुमारी गुरुङले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष गीता कुमारी गुरुङले देशमा जनतामा संकट आएको बेला समस्याको समाधान गरि देशलाई सहीमार्ग तर्फ डोर्‍याउन कांग्रेसले नेतृत्व गरेको बताउनुभयो । उहाँले अधिवेशनबाट सर्वसहमतीमा सक्षम नेतृत्व चयन हुने विश्वास व्यक्त गर्नुुभयो । अब आउने नेतृत्वले पनि विगतका जस्तै  सबै राजनितिक दलहरुसंग सहकार्य गर्दै नेतृत्वदायी भूमिका खेल्ने बताउनुभयो ।
नेकपा एमालेका वडाध्यक्ष कमल ठकुरी र माअ‍ोवादी केन्द्र इच्छाकामनाका सचिवालय सदस्य प्रमोद पोखरेलले सर्वसहमतीमा सक्षम नेतृत्व चयन गर्न सफलहोस् भनी शुभकामना दिनुभयो । उहाँहरुले अब आउने नयाँ नेतृत्वले सहकार्य र सहमतीलाई आत्मसाथ गर्ने विश्वास व्यक्त गर्नुभएको थियो । गाउपालिकाको विकास समृद्धि र सुशासनका लागि सबै पार्टीबिच एकता र सहकार्य आवश्यक रहकोमा जोड दिनुभएको थियो ।

उद्घाटन कार्यक्रममा इच्छाकामनामा कृयाशिल सबै पार्टीका प्रतिनिधिहरुलाई आमन्त्रण गरेका थिए । अन्य पार्टी र कांग्रेसका विभिन्न भातृ संगठनका प्रतिनिधिहरुले अधिवेशनको सफलताको शुभकामना दिएका थिए । राजनितिक दलका प्रतिनिधिहरुले वडाअधिवेशनमा सबै राजनितिक दलका प्रतिनिधिहरुलाई आमन्त्रण गरेर कांग्रेसले  राजनैतिक संस्कारको विकास गरेको भन्दै यसले सहकार्य र एकतालाई थप सहज बनाएको धारणा राखेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस इच्छाकामनाका सचिव कुम बहादुर गुरुङ, तरुण दलका क्षेत्रिय सभापति राजकुमार गुरुङ लगयातको आतिथ्यता रहेका थिए ।
वडा सभापति मावध घिमिरेको अध्यक्षतामा सिद्धार्थ रिर्सोट चुम्लिङ्गटारमा उद्घाटन सत्र सम्पन्न भएको हो ।
अहिले बन्द सत्र सुरु भएको छ । आजै सर्वसहमतीमा नेतृत्व चयन गरिने कांग्रेसले जनाएको छ ।