कुरिनटार : पहिरोका कारण मुग्लिन– नौविसे सडक अवरुद्ध भएको छ । पृथीराजमार्ग अन्तरगत धादिङको बेनीघाट रोराङ गाउँपालिका १० जोगिमारामा बिहान ६ बजे सडकमाथिबाट पहिरो खसेर राजमार्ग दुइतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो हटाउनका लागि फिस्लिङबाट सडक विभागको मेसिन सहित टोली पहिरो स्थल तर्फ गएको सडक विभागका सुपरभाइजर हरि घिमिरेले जानकारी दिनुभयो । पहिरो ठूलो खसेकाले सडक खुलाउनका लागि समय लाग्ने उहाँले बताउनुभयो।