कुरिनटार, २२ भदौ । पहिरोका कारण अवरुद्ध मुग्लिन– नौविसे सडक एकतर्फी सञ्चालनमा आएको छ । पृथीराजमार्ग अन्तरगत धादिङको बेनीघाट रोराङ गाउँपालिका १० जोगिमारामा बिहान ६ बजे सडकमाथिबाट पहिरो खसेर राजमार्ग दुइतर्फी अवरुद्ध भएको थियो । सडक विभागका सुपरभाइजर हरि घिमिरेका अनसार ठूलो ढुंगा सडकमा रहेकाले दुइतर्फी सञ्चालनमा आउन समय लाग्ने छ।ब्रेकरको साह्यताले ढुंगा फुटाई दुइतर्फी सञ्चालनमा ल्याइने उहाँले बताउनुभयो ।