Banner News

रवि लामिछानेको म्याद सकियो, आज अदालत लगिने

रवि लामिछानेको म्याद सकियो, आज अदालत लगिने
पोखरा  : सहकारी ठगी प्रकरणमा पक्राउ परेका  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध अनुसन्धानका लागि अदालतले पछिल्लो पटक दिएको १० दिनको म्याद सकिएको छ । प्रहरीलाई उनीविरुद्धको अनुसन्धानका लागि अदालतले गत कात्तिक २० गते १० दिनको म्याद दिएको थियो । १४ गतेदेखि गणना हुनेगरी उक्त म्याद थप भएको थियो । प्रहरीले पाएको म्याद सकिएपछि आज पुनः अदालत उपस्थित गराउन लागिएको छ । उनीविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधको मुद्दा छ ।

विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा धादिङका सञ्जीव पक्राउ

विदेश पठाउने भन्दै ठगी गरेको आरोपमा धादिङका सञ्जीव  पक्राउ
काठमाडौं :  वैदेशिक रोजगारीमा दुबई पठाइदिने बहानामा  रकम ठगेको अभियोगमा धादिङ गङ्गाजमुना गाउँपालिका ४ का सञ्जीव गुरूङ पक्राउ परेका छन्। यस्तै  क्यानडामा अध्ययनरत विद्यार्थीको कलेज शुल्क दाखिला गरिदिने भनेर ठगेको अभियोगमा सिन्धुपाल्चोक बलेफी गाउँपालिका(८ का गोकर्ण पराजुलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अभियुक्त गुरुङले दुबई पठाइदिन्छु भन्दै तीन जनाबाट १९ लाख ७० हजार र पराजुलीले आठ लाख १७ हजार रुपैयाँ ठगेका थिए। अभियुक्तहरूलाई वैदेशिक रोजगार विभागसमक्ष पेश गरिएको केन्द्...

आज पहाडी भागमा वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना

आज पहाडी भागमा वर्षा र हिमाली भेगमा हिमपातको सम्भावना
काठमाडौं : देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशको पहाडी भूभागमा आंशिक बदली छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ। दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। देशका पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी  तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। महाशाखाका अनुसार राति देशका पहाडी भूभागमा आंशिक ब...

क्होइबो निर्माणका लागि तमू प्ये ल्हु संघ चितवनको बृहत सांस्कृतिक अभियान सुरु

क्होइबो निर्माणका लागि तमू प्ये ल्हु संघ चितवनको बृहत सांस्कृतिक अभियान सुरु
चितवन, २४ कात्तिक :   तमू प्ये ल्हु संघ चितवनले गुरुङहरुको कुल मन्दिर क्होइबो निर्माणार्थ तथा जमिन खरिदका लागि प्रथम बृहत सांस्कृतिक अभियान सुरु गरेका  छन् । संघले गुरुङ समुदायको बसोबास रहेको लमजुङको पर्यटकीय गाउँ क्वहोलासोथार गाउँपालिका ४ भुजुङ गाउँबाट अभियानको सुरुवात गरेका हुन् । प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम गुरुङको सभापतित्व तथा क्वहोलासोथार गाउँपालिका ४का वडाध्यक्ष नारायण गुरुङको प्रमुख आतिथ्यमा बिहिबार सांस्कृतिक कार्यक्रमको सुभारम्भ कार्यक्रम सम्पन्न भएको थियो...

इच्छाकामनाको भाराङ सामुदायिक स्वास्थ्य इकाइलाई औषधि सहयोग

इच्छाकामनाको भाराङ सामुदायिक  स्वास्थ्य इकाइलाई औषधि सहयोग
इच्छाकामना  :    चितवनको इच्छाकामना गाउँपालिका वडा नं १ भाराङमा रहेको सामुदायिक स्वास्थ्य इकाइलाई औषधि प्रदान गरिएको छ । बुधबार सपना भिलेज सोसल इम्प्याक्टले सीमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको यहाँका स्थानीयहरुलाई  निःशुल्क प्रदान गर्ने गरि औषधी  सहयोग  गरिएको सपना भिलेज सोसल इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिनुभयो  । रु. १ लाख २४ हजार ११५ रुपैयाँको  ३१ प्रकारका औषधि भाराङ स्वास्थ्य इकाइका प्रमुख सूर्य बहादुर चेपाङलाई  हस्तान्तरण गरिएको हो ।  इच्छाकामना गाउँप...

अमेरिकाकाे राष्ट्रपतिमा डाेनाल्ड ट्रम्प विजयी

अमेरिकाकाे राष्ट्रपतिमा डाेनाल्ड ट्रम्प विजयी
वासिंटन :  अमेरिकाको ४७ औँ राष्ट्रपतिका रूपमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले जित हासिल गरेका छन् । उनको जितको औपचारिक घोषणा हुन भने बाँकी छ । ट्रम्प अमेरिकाको पूर्वराष्ट्रपति पनि हुन् । उनले २० जनवरी २०१७ देखि २० जनवरी २०२१ सम्म ४५ औँ राष्ट्रपतिका रूपमा कार्यभार सम्हालेका थिए । ४५ औँ राष्ट्रपतिका लागि सन् २०१६ मा भएको निर्वाचनमा ट्रम्पले डेमोक्रेटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गरेका थिए । अमेरिकाको इतिहासमा अहिलेसम्म कुनै पनि महिला राष्ट्रपति पदमा...

चितवनमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, दुई घाइते

चितवनमा बसको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु, दुई घाइते
चितवन : रत्ननगर नगरपालिका–२ सब्जिमण्डीस्थित पूर्व–पश्चिम राजमार्गमा गएराति बसको ठक्करबाट मोटरसाइकलमा सवार तीन जनामध्ये एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भिर घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गएराति १२ः२५ बजेको समयमा खैरहनीबाट टाँडीतर्फ आउँदै गरेको मधेस प्रदेश०१–००१ ख ०४५७ नम्बरको बस र टाँडीबाट खैरहनीतर्फ जाँदै गरेको ना २४ प १९१८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएएर दुर्घटना भएको हो । दुई सवारी साधन आपसमा ठोक्किई दुर्घटना हुँदा मोटरसाइकलमा सवार तीन जना ...

धवादीघाट पुल मर्मत सम्पन्न हुन डेढ महिना लाग्ने, आवतजावतका लागि गाउँपालिकाद्वारा डुङ्गा सञ्चालन

धवादीघाट पुल मर्मत सम्पन्न हुन डेढ महिना लाग्ने, आवतजावतका लागि गाउँपालिकाद्वारा डुङ्गा सञ्चालन
गोरखा :  गत असोज  १२ गतेको बाढीले क्षती पु¥याएको गोरखाको गण्डकी गाउँपालिका ७ र धादिङको बेनीघाट रोराङ ७ जोड्ने त्रिशुली नदीको झोलुङ्गे मर्मत कार्य भइरहेको छ ।  त्रिशूली नदीको बहावले आवतजावत गर्न नमिल्ने गरि क्षती पुगेपछि मर्मत कार्य भइरहेको गण्डकी ७ का वडाध्यक्ष तूलसी रेग्मीले बताउनुभयो । उक्त पुल मर्मत कार्य सम्पन्न गर्न अझै ४० दिन बढी लाग्ने प्राविधिकहरुले बताएको उहाँले जानकारी दिनुभयो । यसैबिच सो अवधीभर स्थानीयलाई आवतजावतका लागि निशुल्क ढुङ्गाको  व्यवस्था गरिएको छ । गण्डकी...

चिस्यान केन्द्र सञ्चालन गर्दै इच्छाकामना

चिस्यान केन्द्र सञ्चालन गर्दै इच्छाकामना
हीरालाल गुरुङ फिस्लिङ : चितवनको इच्छाकामना गाउँपालिकाले चिस्यान केन्द्र निर्माण गरेका छन् । किसानहरुको उत्पादनलाई भण्डारण गर्न लागि वडा नम्बर ३ स्थित फिस्लिङमा रहेको  कृषि भवनमा गाउँपालिकाले चिस्यान केन्द्र निर्माण गरेका हुन् । चिस्यान केन्द्र निर्माणको काम अन्तिम चरणमा रहेको र चाडैँ सञ्चालनमा ल्याउने तयारीमा भइरहेको गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले बताउनुभयो ।चिस्यान केन्द्रको अभावमा  किसानले सस्तोमा तरकारी तथा फलफुल बेच्नुपर्ने बाध्यताको अन्त्य गर्न गाउँपालिकाले चि...

चितवनमा बेलुकी ९ बजेसम्म मात्रै देउसीभैलो खेल्न पाइने

चितवनमा बेलुकी ९ बजेसम्म मात्रै देउसीभैलो खेल्न पाइने
चितवन,१५  कात्तिक  : चितवनमा बेलुकी ९ बजे सम्म मात्र देउसी भैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले तिहारको समयमा बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म मात्रै देउसी भैलो खेल्न आग्रह गरेको हो । जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गरी देउसी भैलो, नाचगान लगायतका सांस्कृतिक क्रियाकलापहरु बेलुका ९ बजेसम्म मात्रै सञ्चालन गर्न पाइने सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माद्वारा जारी सूचनामा उल्लेख छ । साथै, देउसी भैलो खेल्दा राजनीतिक विषय उठान गर्न नपाइ...