चितवन :  नेपाल तमू विद्यार्थी छोंध धींको केन्द्रिय अध्यक्षमा पवन गुरुङ निर्वाचित हुनुभएको छ ।तनहुँमा सम्पन्न १२ औँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत निर्वाचित हुनुभएको हो । महाधिवशेनले वरिष्ठ उपाध्यक्षमा विष्णुराज गुरुङ,महिला उपाध्यक्षमा सिर्जना गुरुङ, उपाध्यक्षमा गौचन गुरुङ, महासचिवमा युवराज गुरुङ,उप–महासचिवमा अनिल गुरुङ,सचिवमा विकास गुरुङ,नेहा गुरुङ, युवराज गुरुङ,प्रकाश गुरुङ,ईना गुरुङ,कोषाध्यक्षमा अनुपम गुरुङ र  सह–कोषाध्यक्षमा  अञ्जु गुरुङ निर्वाचित गरेका  छन् ।
यसैबिच संगठन विभाग प्रमुखमा सबिन गुरुङ गुरुङ चयन हुनुभएको छ । महाधिवेशनको शनिबार सुचना प्रविधि तथा संञ्चार मन्त्री पृथ्वीसुब्बा गुरूङले समुद्घाटन गर्नु भएको थियो ।