चितवन, २४ कात्तिक :   तमू प्ये ल्हु संघ चितवनले गुरुङहरुको कुल मन्दिर क्होइबो निर्माणार्थ तथा जमिन खरिदका लागि प्रथम बृहत सांस्कृतिक अभियान सुरु गरेका  छन् । संघले गुरुङ समुदायको बसोबास रहेको लमजुङको पर्यटकीय गाउँ क्वहोलासोथार गाउँपालिका ४ भुजुङ गाउँबाट अभियानको सुरुवात गरेका हुन् ।
प्ये ल्हु संघ चितवनका अध्यक्ष विक्रम गुरुङको सभापतित्व तथा क्वहोलासोथार गाउँपालिका ४का वडाध्यक्ष नारायण गुरुङको प्रमुख आतिथ्यमा बिहिबार सांस्कृतिक कार्यक्रमको सुभारम्भ कार्यक्रम सम्पन्न भएको थियो ।सो कार्यक्रममा प्ये ल्हु संघ चितवनका वरिष्ठ उपाध्यक्ष इन्द्रकुमारी गुरुङ,प्ये ल्हु संघका जिल्ला कार्य समिति सदस्यहरु भुजुङका  सबै टोलविकास संस्थाका संयोजकहरु ,क्लब संघसंस्थाका प्रतिनिधि लगायतको  उपस्थिति रहेको थियो । प्ये ल्हू संघ चितवनका कलाकारहरुले  सांस्कृति प्रस्तुतीहरु प्रस्तुत गरेका थिए । कार्यक्रम प्ये ल्हु संघ चितवनका उपाध्यक्ष कृष्ण बहादुर गुरुङ र विश्व गुरुङले सञ्चालन गर्नुभएको थियो ।
अभियान अन्तरगत प्ये ल्हू संघ चितवनले  शुक्रबार लमजुङकै क्वहोलासोथार गाउँपालिका ३ घले गाउँमा कार्यक्रम सम्पन्न गरिएको संघका अध्यक्ष विक्रम गुरुङले जानकारी दिनुभयो ।
गुरुङ समुदायको धर्म,कला, संस्कार, संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका लागि  क्होइबो निर्माणार्थ  सुरु गरिएको अभियान निरन्तर रहने  अध्यक्ष  गुरुङले बताउनुभयो ।