Banner News

स्थानीय तह उपनिर्वाच : आज मनोनयनपत्र दर्ता हुँदै

स्थानीय तह उपनिर्वाच : आज मनोनयनपत्र दर्ता हुँदै
काठमाडौं : मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता हुँदैछ। बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले बताइन्। उम्मेदवारको मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको र आजै साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुने आयोगले जनाएको छ। उपनिर्वाचनका लागि शुक्रबार ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना...

रामनगरमा बस र अटो ठोक्कियो, अटो चालक गम्भीर घाइते

रामनगरमा बस र अटो ठोक्कियो, अटो चालक गम्भीर घाइते
चितवन : नारायणगड–मुग्लिन सडकअन्तर्गत पर्ने भरतपुर महानगरपालिका–१ रामनगर बजारमा गएराति बस र अटो ठोक्किँदा अटो चालक गम्भीर घाइते भएका छन् । शनिवार राति ९ः५० बजेको समयमा काठमाण्डौबाट महेन्द्रनगरतर्फ आउदै गरेको ना ८ ख ८३५१ नम्बरको बस र बिपरीत दिशाबाट जाँदै गरेको बागमती प्रदेश०३–००१ ह ६८० नम्बरको अटो आपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । दुर्घटनामा परी अटो चालक भरतपुर–१ रामनगर बस्ने वर्ष ३६ को मेन चन्द्र गुरुङ गम्भीर घाइते भएको चितवन प्रहरीका प्रवक...

घरघरमा धारा, खानेपानी जोह गर्न कुवातिर

घरघरमा धारा, खानेपानी जोह गर्न कुवातिर
मुग्लिन : चितवनको इच्छाकामना गाउँपालिका–२ डाडाँगाउँमा प्रत्येक घरको आगनमै धारा छ । तर यहाँका स्थानीय कुवा धाउन बाध्य छन् । एक घर–एक धारा अभियान अन्तर्गत डेढवर्ष अघि मात्र इच्छाकामना गाउँपालिका, ‘वाइनटु वाटर’ नेपाल र स्थानीय उपभोक्ताको सहकार्यमा लिफ्टिङ प्रविधिबाट सञ्चालन गरिएको तेर्से– भोर्ले– डाडाँगाउँ खानेपानी आयोजनाको सोलारले काम गर्न छाडेपछि यहाँका स्थानीय खानेपानी जोह गर्न कुवा धाउन बाध्य भएका हुन् । उपभोक्ता समितिका अध्यक्ष दीपक गुरुङका अनुसार आयोजना सम्पन्न भएको ६ म...

नेपालले आजदेखि बंगलादेशमा बिजुली निर्यात गर्दै

नेपालले आजदेखि  बंगलादेशमा बिजुली निर्यात गर्दै
काठमाडौं :  आजदेखि  नेपालले बंगलादेशमा ४० मेगावाट बिजुली निर्यात सुरु गर्ने भएको छ। आज दिउँसो पौने एक बजेदेखि राति १२ बजेसम्म नेपालबाट भारतको बाटो हुँदै बंगलादेशमा बिजुली निर्यात हुने भएको हो। नेपाल, भारत र बंगलादेशबीच गत असोजको अन्तिम साता भएको त्रिदेशीय सम्झौताअनुसार बिजुली निर्यात गर्न लागिएको हो। नेपालबाट जुन १५ देखि नोभेम्बर १५ सम्म बिजुली निर्यात हुने सम्झौता छ। पहिलो चरणमा आज एक दिनका लागि बिजुली निर्यात हुने छ। योसँगै बंगलादेशसम्म बिजुली निर्यात गर्ने सम्झौता का...

दार्चुलामा जीप दुर्घटना हुदाँ सात जनाको मृत्यु

दार्चुलामा जीप दुर्घटना हुदाँ सात जनाको मृत्यु
दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिकामा जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या सात पुगेको छ। ६ जना घाइते छन्। मालिकार्जुनबाट गोकुलेश्वरतर्फ जाँदै गरेको म १ ज ३३८ नम्बरको जीप बिहान ४ बजेतिर शैल्यशिखर नगरपालिका-६ मा दुर्घटना भएको थियो । ज्यान गुमाउनेमध्ये दुई भारतीय नागरिक छन् ।

नेपाल १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा छनोट

नेपाल १९ वर्षमुनिको महिला टी–२० विश्वकपमा छनोट
काठमाडौँ : नेपाल यूएईलाई पराजित गर्दै आईसीसी महिला यू-१९ टी-२० विश्वकपका लागि छनोट भएको छ। आईसीसी महिला यू-१९ टी-२० विश्वकप एशिया छनोटको आज भइरहेको अन्तिम खेलमा यूएईले जितका लागि दिएको ८४ रनको लक्ष्य १४ ओभर ४ बलमा २ विकेटमात्र गुमाएर पूरा गर्दै एशियाबाट विश्वकपमा छनोट भएको छ। नेपाल घरेलु यूएईलाई ८ विकेटले पराजित गर्दै विश्वकपमा छानिन सफल भएको हो। आईसीसी महिला टी-२० विश्वकप अर्को वर्ष मलेशियामा हुँदै छ।ओपनर साना प्रविनले ४२ बलमा १ चौका प्रहार गर्दै अविजित ३५ रन बनाइन्। उनले...

आईसीसी अन्डर नाइन्टिन महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालद्वारा कुवेत १ सय ६५ रनले पराजित

आईसीसी अन्डर नाइन्टिन महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालद्वारा कुवेत १ सय ६५ रनले पराजित
काठमाडौं : आईसीसी अन्डर नाइन्टिन महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालले कुवेतलाई १ सय ६५ रनले पराजित गरेको छ । नेपालले दिएको २ सय १४ रनको चुनौती पछ्याएको कुवेत १३ ओभरमा १० विकेट गुमाउँदै ४८ रनमा समेटियो । कुवेतकी जिफा जिलानीले सर्वाधिक ३६ रन जोडिन्। सात खेलाडी शून्यमा आउट भए। नेपालकी कप्तान पूजा महतोले सर्वाधिक ५ विकेट लिइन्। सीमा केसी र रचना चौधरीले समान २/२ विकेट लिए। यूएईस्थित सेभेन्स डिस्ट्रिक स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओ...

विद्युत् बक्यौता नतिर्ने उद्योगमा विद्युत् जोड्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

विद्युत् बक्यौता नतिर्ने उद्योगमा विद्युत् जोड्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट
काठमाडौँ  :  विद्युत् बक्यौता नतिर्ने उद्योगहरूको लाइन जोड्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। मन्त्रिपरिषद बैठकको निर्णयविरुद्ध अधिवक्ता खडानन्द कँडेलले रिट दायर गरेका हुन् । रिटको प्रारम्भिक सुनुवाइका लागि बुधवार पेसी तोकिएको कँडेलले जानकारी दिए । नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङका बेला विभिन्न उद्योगहरूलाई डेडिकेटेड तथा ट्रंकलाइनबाट दिएको बिजुलीमा प्रिमियम जोडेर बिल पठाए पनि केही उद्योगहरूले तिर्न मानेका थिएनन् । बक्यौता नतिरेपछि ने...

दीपक मनाङ्गे डिल्लीबजार कारागार चलान

दीपक मनाङ्गे डिल्लीबजार कारागार चलान
काठमाडौँ : ज्यान मार्ने उद्योगमा दोषी ठहर भएसँगै पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङ्गे  (राजीव गुरुङ) डिल्लीबजार कारागार चलान भएका छन् । मंगलबार राजधानीको सानोभर्‍याङबाट पक्राउ परेका मनाङ्गेलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेस गरेको थियो । लगत्तै अदालतले उनलाई केन्द्रीय कारागार पठाएको हो । मनाङ्गेको मुद्दामा कात्तिक २० गते सर्वोच्च अदालतले यसअघि उच्च अदालत पाटनबाट भएको फैसला मिलेको भन्...

नेपाल तमू विद्यार्थी छोंध धींको केन्द्रिय अध्यक्षमा पवन गुरुङ

नेपाल तमू विद्यार्थी छोंध धींको केन्द्रिय अध्यक्षमा पवन गुरुङ
चितवन :  नेपाल तमू विद्यार्थी छोंध धींको केन्द्रिय अध्यक्षमा पवन गुरुङ निर्वाचित हुनुभएको छ ।तनहुँमा सम्पन्न १२ औँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत निर्वाचित हुनुभएको हो । महाधिवशेनले वरिष्ठ उपाध्यक्षमा विष्णुराज गुरुङ,महिला उपाध्यक्षमा सिर्जना गुरुङ, उपाध्यक्षमा गौचन गुरुङ, महासचिवमा युवराज गुरुङ,उप–महासचिवमा अनिल गुरुङ,सचिवमा विकास गुरुङ,नेहा गुरुङ, युवराज गुरुङ,प्रकाश गुरुङ,ईना गुरुङ,कोषाध्यक्षमा अनुपम गुरुङ र  सह–कोषाध्यक्षमा  अञ्जु गुरुङ निर्वाचित गरेका  छन् । यसैबिच सं...