इच्छाकामना साहित्य प्रवाहको मुखपत्र “ इच्छा–दर्पण“को दोस्रो अङ्क विमोचन, तथा स्रष्टा सम्मान कार्यक्रम
कुरिनटार : इच्छाकामना साहित्य प्रवाह द्वारा आयोजित महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औं जन्मजयन्ति, इच्छाकामना साहित्य प्रवाहको मुखपत्र “ इच्छा–दर्पण“को दोस्रो अङ्क विमोचन,रचना वाचन, प्रवचन तथा स्रष्टा सम्मान कार्यक्रम बुधबार कुरिनटार स्थित इच्छाकामना मन्दिरको सभा हलमा सम्पन्न भएको छ । सो कार्यक्रममा इच्छाकामना साहित्य प्रवाहका अध्यक्ष एकराज शर्माको अध्यक्षता तथा गाउँ पालिकाका अध्यक्ष दानबहादुर गुरुङको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रममा वडा नमबर नं.४ का अध्यक्...








