गोरखा : गत असोज १२ गतेको बाढीले क्षती पु¥याएको गोरखाको गण्डकी गाउँपालिका ७ र धादिङको बेनीघाट रोराङ ७ जोड्ने त्रिशुली नदीको झोलुङ्गे मर्मत कार्य भइरहेको छ । त्रिशूली नदीको बहावले आवतजावत गर्न नमिल्ने गरि क्षती पुगेपछि मर्मत कार्य भइरहेको गण्डकी ७ का वडाध्यक्ष तूलसी रेग्मीले बताउनुभयो । उक्त पुल मर्मत कार्य सम्पन्न गर्न अझै ४० दिन बढी लाग्ने प्राविधिकहरुले बताएको उहाँले जानकारी दिनुभयो ।
यसैबिच सो अवधीभर स्थानीयलाई आवतजावतका लागि निशुल्क ढुङ्गाको व्यवस्था गरिएको छ । गण्डकी गाउँपालिका र बेनीघाट रोराङ गाउँपालिकाले ढुङ्गाको व्यवस्था गरिएको वडाध्यक्ष रेग्मीले बताउनुभयो । पुल जीर्ण हुँदा गोरखाको गण्डकी गाउँपालिका ७ धवादीघाट र आसपासका स्थानीयहरुलाई आवतजावत गर्न समस्या भएको छ। गोरखाको धवादी क्षेत्रका स्थानीयको दैनिक उपभोग्य वस्तुहरू किन्न राजमार्ग आवत जावत गर्न यही पुलको प्रयोग गर्छन्। धवादी क्षेत्रमा उत्पादन भएको तरकारी बिक्री गर्न पनि धादिङको चरौदीँ बजार ल्याउने गर्छन ।