Banner News

आज विश्वकर्मा पूजा एवं वास्तु दिवस मनाइँदै

आज विश्वकर्मा पूजा एवं वास्तु दिवस मनाइँदै
काठमाडौँ : कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् ।विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा वा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य स्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरी शनिबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ ...

आज देशभर बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित बर्षाको सम्भावना

आज देशभर बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित बर्षाको सम्भावना
काठमाडौँ हाल नेपालमा भारतको उत्तर प्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिण तर्फ रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर सामान्य देखि पूर्ण बदली सहित गण्डकी तथा लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ । दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ...

वाइसियल इच्छाकामना ३ को अध्यक्षमा प्रकाश आले

वाइसियल इच्छाकामना ३ को अध्यक्षमा प्रकाश आले
फिस्लिङ्ग : योङ्ग कम्यूनिष्ट लिग नेपाल (वाइसियल) इच्छाकामना ३ को अध्यक्षमा प्रकाश आले चयन हुनुभएको छ । बिहिबार फिस्लिङ्गमा सम्पन्न वडा भेलाले आलेको नेतृत्वमा ४३ सदस्यीय वडा कमिटी गठन गरिएको हो । भेलाले उपाध्यक्षमा राजकुमार गुरुङ, रेशम बहादुर चेपाङ, छविलालचेपाङ,सचिवमा सविन थापा मगर,सह–सचिवमा रोशन गुरुङ,फुलमाया चेपाङ कमला चेपाङ र कोषाध्यक्षमा रबिन मियाँलाई चयन गरिएको छ । नेकपामा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङको प्रमुख अतिथि...

दशैँको अवसरमा इच्छाकामना र शहिदलखनका ३/३ वटा वडाबिच मैत्रिपूर्ण पुरुष भलिबल खेल हुने

दशैँको अवसरमा इच्छाकामना र शहिदलखनका ३/३ वटा वडाबिच मैत्रिपूर्ण पुरुष भलिबल खेल हुने
कुरिनटार: चितवनको इच्छाकामना गाउँपालिका र गोरखाको शहिदलखन गाउँपालिकाको केही वडाहरुबिच मैत्रिपूर्ण पुरुष भलिबल खेल हुने भएको छ । गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ४ जुग्दी राइनाशको खेलमैदानमा असोज २७ र २८ गते हुने मैत्रिपूर्ण खेलमा इच्छाकामनाका वडा नमबर,३,४ ,५ र सहिदलखनका ३,४ र ५ वडाले सहभागिता जनाउने छन् । नेपालीहरुको महान् चाड बडा दशैँ –२०७८ को अबसरमा शुभकामना आदान प्रदानका साथै भलिबल प्रतियोगिता आयोजना गरिएको आयोजक श्री नब स्मृति युवा परिवारले जनाएको छ । प्रतियोगिताको स...

घर-घरमा दीपावली गरेर संविधान दिवस मनाउन चितवन प्रशासनको अनुरोध

घर-घरमा दीपावली गरेर संविधान दिवस मनाउन चितवन प्रशासनको अनुरोध
चितवन : जिल्ला प्रशासन कार्यालय चितवनले तीन दिनसम्म घरघरमा दीपावली गरेर सातौँ संविधान दिवस मनाउन अनुरोध गरेको छ ।आज बिहिबार चितवन प्रशासनले एक सूचना जारी गर्दै संविधान दिवस २०७८ का अवसरमा आगामी असोज २ ३ र ४ गते राष्ट्रिय दिवसका रुपमा तीनै दिन साँझ घर घरमा दीपावलीसहितका कार्यक्रम गरेर संविधान दिवस मनाउन जिल्लाबासीलाई अनुरोध गरेको हो । उक्त तिनै दिन जिल्लामा विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाउने चितवन प्रशासनका प्रशासकीय अधिकृत खेमराज पौडेलले जानकारी दिएका छन् । ...

मौसम : अधिकांश स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित बर्षाको सम्भावना

मौसम  : अधिकांश  स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित  बर्षाको सम्भावना
काठमाडौँ : जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिण तर्फ रहेको छ। हाल देशभर सामान्य देखि पूर्ण बदली सहित लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशहरुका एक/दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ । दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानहर...

चितवनमा निषेधाज्ञा असोज १५ गते सम्म थप

चितवनमा  निषेधाज्ञा असोज १५ गते  सम्म थप
चितवन : चितवनमा जारी निषेधाज्ञा असोज १ गतेदेखी १५ गतेसम्मका लागी थपिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आज एक सूचना जारी गर्दै असोज १५ गतेसम्मका लागी निषेधाज्ञा थपिएको हो । कोभिड १९ को संकमणको जोखिम बढ्ने गरी भौतिक रूपमा उपस्थित भई गरिने सबै प्रकारका सभा सम्मेलन , प्रदर्शन , भेला , जात्रा तथा महोत्सव सञ्चालन गर्न नपाइने प्रशासनले जनाएको छ ।

पहिरोका कारण अवरुद्ध मुग्लिन–नौविसे सडक दुइर्फी सुचारु

पहिरोका कारण अवरुद्ध  मुग्लिन–नौविसे सडक दुइर्फी सुचारु
कुरिनटार : पहिरोका कारण अवरुद्ध मुग्लिन– नौविसे सडक दुइर्फी सञ्चालनमा आएको छ । गएराती २ बजेदेखि अवरुद्ध सडक अहिले विहानदेखि सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ५ नाग्दीखोला नजिकै सडकमाथिबाट पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध भएको थियो ।

पहिरोका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध

पहिरोका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध
मुग्लिन: पहिराका कारण मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुुसार गए राति २ः०० बजे पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै सडक माथिबाट पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो हटाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर मगरले जानकारी दिनुभयो ।रासस

देवघाट ३ मा छिपछिपे खानेपानी परियोजनाको सुभारम्भ, त्रिपक्षीय सम्झौता

देवघाट ३ मा छिपछिपे खानेपानी परियोजनाको सुभारम्भ, त्रिपक्षीय सम्झौता
देवघाट : छिपछिपे खानेपानी परियोजना सुभारम्भ गरिएको छ । रोटरी क्लब अफ नारायणगढ र वाटर सेन्टर (ट्वान्टी वान) को संयुक्त आयोजनामा तनहुँको देवघाट गाउँपालिका ३ का छिछिपे गाउँका लागि मंगलबारदेखि छिपछिपे खानेपानी परियोजना सुभारम्भ गरेका हुन् । मंगलबार एक कार्यक्रम बीच नारायणगढ रोटरी क्लब, वाटर सेन्टर(ट्वान्टी वना) र देवघाट गाउँपालिकाबिच त्रिपक्षीय सम्झौता सम्पन्न गरेको नारायणगढका रोटरी क्लबका सचिव दिलीप तामाङले जानाकारी दिनुभयो । आयोजनाको सुभारम्भ गर्दै रोटरी क...