कुरिनटार : पहिरोका कारण अवरुद्ध मुग्लिन– नौविसे सडक दुइर्फी सञ्चालनमा आएको छ । गएराती २ बजेदेखि अवरुद्ध सडक अहिले विहानदेखि सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना ५ नाग्दीखोला नजिकै सडकमाथिबाट पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध भएको थियो ।