कुरिनटार: चितवनको इच्छाकामना गाउँपालिका र गोरखाको शहिदलखन गाउँपालिकाको केही वडाहरुबिच मैत्रिपूर्ण पुरुष भलिबल खेल हुने भएको छ । गोरखाको शहिदलखन गाउँपालिका वडा नम्बर ४ जुग्दी राइनाशको खेलमैदानमा असोज २७ र २८ गते हुने मैत्रिपूर्ण खेलमा इच्छाकामनाका वडा नमबर,३,४ ,५ र सहिदलखनका ३,४ र ५ वडाले सहभागिता जनाउने छन् ।
नेपालीहरुको महान् चाड बडा दशैँ –२०७८ को अबसरमा शुभकामना आदान प्रदानका साथै भलिबल प्रतियोगिता आयोजना गरिएको आयोजक श्री नब स्मृति युवा परिवारले जनाएको छ । प्रतियोगिताको सह–आयोजकको रुपमा शहिदलखन ४ भलिबल संघ गोरखा रहेका छन् ।