Banner News

आज एकै दिन पाँच हजार बढीले गरे मनकामना मन्दिरको दर्शन

आज एकै दिन पाँच हजार बढीले गरे मनकामना मन्दिरको दर्शन
कुरिनटार, २ असोज । प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरमा दर्शनार्थीहरुको आवगमनमा वृद्धि हुदैँ गएको छ । आज मात्र पाँच हजार भन्दा बढीले मनकामना मन्दिर दर्शन गरेका छन् । केबलकार र सडक मार्ग मार्फत पाँच हजार भन्दा बढी दर्शनार्थी मनकामना मन्दिर पुगेको मन्दिरका मुल पुजारी इनशान थापा मगरले बताउनुभयो । केबलकार चढेर मात्र चार हजार ७०८ जना मनकामना मन्दिर पुगेको मनकामना केबलकारका अपरेसन एण्ड मेन्टिनेन्स हेड (इन्जिनियर) सुनिल कर्मचार्यले जानकारी दिनुभयो । कोरोना महामारीका कारण बन्द...

वाइसियल इच्छाकामना ४ को अध्यक्षमा शमसेर थापा

वाइसियल इच्छाकामना ४ को अध्यक्षमा शमसेर थापा
कुरिनटार : नेकपा माओवादी केन्द्रका सहायक संगठन योङ्ग कम्यूनिष्ट लिग नेपाल (वाइसियल) इच्छाकामना ४ को अध्यक्षमा शमसेर थापा चयन हुनुभएको छ । शनिबार सम्पन्न भेलाले थापाको नेतृत्वमा ६१ सदस्यीय वडा कमिटी चयन गरिएको हो । भेलाले उपाध्यक्षमा विकास रानामगर, अमर मगर, र राम गुरुङ, सचिवमा विकास चेपाङ, सह–सचिवमा सविना मगर र कोषाध्यक्षमा सजिना परियारलाई चयन गरेका छन् । नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङको प्रमुख अतिथि तथा वाइसियल इच्छाकामना...

होर्डिङबोर्ड राख्ने क्रममा खसेर कुरिनटारमा भारतीय नागरिकको मृत्यु

होर्डिङबोर्ड राख्ने क्रममा खसेर  कुरिनटारमा भारतीय नागरिकको मृत्यु
कुरिनटार : चितवनमा होर्डिङबोर्ड राख्ने क्रममा खसेर एक पुरुषको ज्यान गएको छ । शनिबार दिउँसो चितवनको इच्छाकामना ४ कुरिनटारमा होर्डिङबोर्ड राख्ने क्रममा खसेर मलद्वारमा रड छिरेपछि ठेगाना नखुलेका अन्दाजी २५/२६ बर्षको भारतीय नागारिक रोहित गिरिको मृत्यु भएको हो । हाइलाइफ ब्राण्डको कुरुम–कुरुम चिउराको होर्डिङबोर्ड राख्ने क्रममा आज दिउँसो २ बजे खसेर घाइते भएका उनको उपचारको क्रममा सवा ३ बजे पुरानो मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

चेपाङ समुदायले जनगणनामा ‘प्रकृति’ धर्म लेख्ने

चेपाङ समुदायले जनगणनामा ‘प्रकृति’ धर्म लेख्ने
मुग्लिन : चेपाङ सुमदायका व्यक्तिले आफ्नो धर्ममा ‘प्रकृति’ उल्लेख गर्ने भएका छन् । परापुर्व कालदेखि नै प्रकृतिलाई भगवान्को रुपमा पुज्दै आएका चेपाङ समुदायले राष्ट्रिय जनगणना २०७८ मा धर्ममा प्रकृति उल्लेख गर्ने भएका हुन् । आदिवासी जनजातिमा सुचीकृत सीमान्तकृत चेपाङ समुदायको आफ्नै भाषा धर्म, संस्कृति, परम्परा रहेकाले जनगणनामा धर्मका ठाउँमा प्रकृित उल्लेख गर्ने नेपाल चेपाङ सङ्घका केन्द्रिय महासचिव आइतसिं चेपाङले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो आफ्नै धर्म छ, त्यो प्रकृति ह...

चितवनमा रड प्रहार गरि छिमेकीको हत्या

चितवनमा रड प्रहार  गरि छिमेकीको हत्या
चितवन,२ असोज । पूर्वी चितवनको राप्तीमा छिमेकीले रड प्रहार गर्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–९ शितलपानीका ५९ वर्षीय कान्छा लामा रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार छिमेकी ५० वर्षीय दशरथ मल्लले शुक्रबार राति ९ः४५ बजे बाटोमा हिँडिरहेको अवस्थामा रड प्रहार गरी हत्या गरेका हुन् । प्रहरी उपरीक्षक ओम अधिकारीका अनुसार पुरानो रिसइबीका कारण मदिरा सेवन गरी हत्या गरेको बुझिन आएको छ । घटनापछि मल्ललाई पक्राउ गरेर ल्याउने क्रममा स्थानीयले ढुङ्गामुढ...

छिमेकीले जंगली बँदेललाई थापेको विद्युतीय पासोमा परी एकै घरका तीन जनाको ज्यान गयो

छिमेकीले जंगली बँदेललाई थापेको विद्युतीय पासोमा परी एकै घरका तीन जनाको ज्यान गयो
बर्दिया : जंगली बँदेललाई धपाउन थापेको विद्युतीय पासोमा परी ठाकुरबाबा नगरपालिका ३ गोदाना गाउँमा एकै घरका तीन जनाको ज्यान गएको छ । शुक्रबार राति खेतमा पानी हेर्न गएका बेला छिमेकीले बँदेल धपाउन धान खेतमा लगाएको विद्युतीय पासोबाट करेन्ट लाग्दा ३२ वर्षीय बालकृष्ण थारू, उनकी श्रीमती २९ वर्षीया सुनिता र बालकृष्णकी भाउजु ४३ वर्षीया बेलमतीको मृत्यु भएको प्रहरीले जनाएको छ। धानखेतमा करेन्ट प्रवाह गरेको आरोपमा मृतक परिवारका छिमेकी ८२ वर्षीय राजबहादुर शाही ९क०लाई प्रहरीले नियन्त्रणमा ...

आज देशभर सामान्य बदली रही केही स्थानमा वर्षाको सम्भावना

आज देशभर सामान्य बदली रही केही स्थानमा वर्षाको सम्भावना
काठमाडौं  :  शनिवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहति हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल नेपालमा भारतको उत्तर प्रदेश आसपासमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेको महाशाखाको भनाइ छ। हाल देशभर सामान्यदखि पूर्ण बदलीसहित बागमती प्रदेशका धेरै स्थानमा तथा प्रदेश १ र प्रदेश २ का थोरै स्थानमा हल्कादेखि मध्यम वर...

गोरखाको मनकामना मन्दिर परिसरमा हेल्थडेक्स सञ्चालन

गोरखाको  मनकामना मन्दिर परिसरमा हेल्थडेक्स सञ्चालन
गोरखा : प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर परिसरमा हेल्थडेक्स सञ्चालनमा ल्याइएको छ । करिब ४ महिनाको निषेधाज्ञापछि सर्वसाधारणका लागि मन्दिर खुल्ला गरिएसँगै कोरोना सङ्क्रमणको जोखिमलाई ख्याल गरेर मन्दिर परिसरमा हेल्थडेक्स सञ्चालनमा ल्याइएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख बिरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । हेल्थडेक्सबाट नियमित रूपमा मन्दिरका पुजारी, सुरक्षाकर्मी तथा मन्दिर परिसरमा नियमित काम गर्ने अन्य कर्मचारीको दैनिक रूपमा स्वास्थ्य परीक्षण गरिँदै आएको उहाँले बताउनु...

नेपाली कांग्रेस इच्छाकामनाको सभापतिमा वर्तमान सभापती कृतिकुमार श्रेष्ठद्वारा उम्मेद्बारी घोषणा

नेपाली कांग्रेस इच्छाकामनाको सभापतिमा वर्तमान सभापती कृतिकुमार श्रेष्ठद्वारा उम्मेद्बारी घोषणा
कुरिनटार- नेपाली कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत वडा स्तरीय अधिवेसन सकेको चितवन कांग्रेसले स्थानियतह स्तरिय अधिवेशनको समय यहि असोज ९ गतेलाइ तोकेपछी विभिन्न पदमा आकांक्षि हरुको उम्मेद्बारी घोषणा हुन थालेको छ। चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामापनि अधिवेशनको सर्गर्मी बढेको छ । नेपाली कांग्रेस इच्छाकामना सभापतिकोलागि वर्तमान सभापति तथा इच्छाकामना गाउँपालिका उपाध्यक्ष कृतिकुमार श्रेष्ठले पनि ...

तनहुँमा ट्रक दुर्घटना हुदाँ चालकको मृत्यु

तनहुँमा ट्रक दुर्घटना हुदाँ  चालकको मृत्यु
तनुहँ तनुहँमा ट्रक दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना७ख ९२३७ नंको ट्रक पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखाेलामा आज विहान दुर्घटना हुदाँ अन्दाजी २८ वर्षीय पुरुषको मृत्यु भएको हो । मृतकको नामथर नखुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । दुर्घटनामा ट्रकमा सवार नवलपरासी कावासोतीका १४ वर्षीय राजकुमार विक घाइते भएका छन् । उनको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेक...