Banner News

वाइसियल इच्छाकामना ७ को अध्यक्षमा नविन गुरुङ चयन

वाइसियल इच्छाकामना ७ को अध्यक्षमा नविन गुरुङ चयन
चितवन : योङ्ग कम्यूनिष्ट लिग (वाइसियल ) नेपाल इच्छाकामना ७ को अध्यक्षमा नविन गुरुङ चयन हुनुभएको छ । भालुमारामा सम्पन्न भेलाले गुरुङको नेतृत्वमा २४ सदस्यीय वाइसियल गाउँ कमिटी पुर्नगठन गरिएको हो । भेलाले उपाध्यक्षमा सुरेश तामाङ र सुभास तामाङ, सचिवमा मनिष मगर, स–ह सचिवमा मनोज गुरुङ र कोषाध्यक्षमा भरिमाय गुरुङलाई चयन गरिएको छ । नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङको प्रमुख अतिथि तथा वाइसियल इच्छाकामनाका अध्यक्ष झलक गुरुङको सभापतित...

भालुमारा फुटबल क्लबलाई वाइसियल इच्छाकामनाद्वारा जर्सी र बल सहयोग

भालुमारा फुटबल क्लबलाई   वाइसियल इच्छाकामनाद्वारा जर्सी र बल सहयोग
चितवन : योङ्ग कम्यूनिष्ट लिग (वाइसियल) नेपाल इच्छाकामनाले चितवनको इच्छाकामना ७ भालुमारा फुटबल क्लबलाई जर्सी र बल सहयोग गरेका छन् । नेकपा माओवादी केन्द्र जिल्ला सचिवालय सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङ, इच्छाकामनाका संयोजक हरि थापा र वाइसियल इच्छाकामनाका अध्यक्ष झलक गुरुङले क्लबलाई जर्सी र बल हस्तान्तरण गरेका हुन् । १५ वटा जर्सी र १ वटा बल हस्तान्तरण गरिएको वाइसियल इच्छाकामनाका अध्यक्ष झलक गुरुङले जानकारी दिनुभयो ।

आज मेघ गर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

आज मेघ गर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना
काठमाडौँ,२९ भदौ ।जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा भारतको ओडिसा र आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत भन्दा दक्षिण तर्फ रहेको छ। हाल प्रदेश नं १, प्रदेश नं २ र सुदुर पश्चिम प्रदेशका भू–भागहरुमा आंशिक देखि सामान्य बदली सहित थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ भने बाँकी प्रदेशका भू–भागमा आंशिक बदली रहेको छ । दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि...

वर्ल्डकप क्रीकेट लिग दुइमा नेपाल द्वारा अमेरिका ५ विकेटले पराजित।

वर्ल्डकप क्रीकेट लिग दुइमा नेपाल द्वारा अमेरिका ५ विकेटले पराजित।
आइ सि सि मेन्स क्रीकेट वर्ल्ड कप लिग २ अन्तर्गत आज भएको खेलमा नेपालले अमेरिकालाइ ५ विकेटले पराजित गरेको छ। ओमानको अल इमिरात क्रीकेट स्टडियममा नेपाली समय अनुसार आझ ४:१५ बजे टस जितेर ब्याटिङ रोजेको अमेरिकाले नेपाललाइ पुरै ५० ओभर खेल्दै ९ विकेट गुमाएर भारतिय मुलका मोनक पटेलको सतकको सहायताले २३१ रनको चुनौती प्रस्तुत गरेको थियो। २३१ रनको चुनौती पछ्याउने क्रममा नेपालका ओपनर्स कुशल भुर्तेलको ८४ रन तथा रोहित कुमार पौडेलको अ...

इच्छाकामनामा एमालेले पार्टी प्रवेश गरेको भनि झुटो प्रचार गरेपछि.. (विज्ञप्ती सहित)

इच्छाकामनामा एमालेले  पार्टी प्रवेश  गरेको  भनि झुटो प्रचार गरेपछि.. (विज्ञप्ती सहित)
कुरिनटार,२८ भदौ । चितवनको इच्छाकामना ७ का गंगा बहादुर श्रेष्ठ र कुमार मगरले आफुहरु नेकपा एमालेमा प्रवेश नगरेको बताएका छन् । आज एक विज्ञप्ती जारी गर्दै उनिहरुले आफु सम्बद्ध पार्टी नेकपा माओवादी केन्द्रमै क्रियाशिल रहेको जानकारी दिएका हुन् । साथै नेकपा एमालेमा प्रवेश गरेको भनि आफुहरुको नाम समेत समाचारमा आएको भन्दै आपत्ती समेत जनाएका छन् । उनिहरुले आफु नेकपा माओवादी केन्द्रमै रहेकोले यस्ता भ्रमपूर्ण प्रचारको पछि नलाग्न सम्पूर्ण पार्टी, नेता, कार्यकर्ता तथा शुभचिन...

आकर्षणस्थल बन्दै आँबुखैरेनीको ‘ऐनापहरा झरना’

आकर्षणस्थल बन्दै आँबुखैरेनीको  ‘ऐनापहरा झरना’
तनहुँ : पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा रहेको ऐनापहरा झरना सर्वसाधारणको आकर्षणस्थलका रुपमा विकास हुन थालेको छ । आँबुखैरेनी गाउँपालिका वडा नं २ र ४ को सिमानामा पर्ने उक्त झरना सर्वसाधारणको आकर्षणस्थलका रुपमा विकास हुन थालेको हो । राजमार्गसँगै जोडिएका कारण पनि यात्रा गर्ने हरेक सर्वसाधारण झरनामा पुग्ने गरेका छन् । झरनामा नुहाउन, थकान मेटाउन, भिडिओ र टिकटक बनाउन सर्वसाधारणको भीड बढ्न थालेको छ । तनहुँकै अग्लो महाभारत पर्वत शृङ्खला छिम्केश्वरीको फेदीमा अवस्थित सि...

पल्सर बाइकलाई ट्रकले ठक्कर दिदाँ एक जनाको घटनास्थलमै मृत्यु

पल्सर बाइकलाई ट्रकले ठक्कर दिदाँ एक जनाको घटनास्थलमै मृत्यु
चितवन :  चितवनमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ भरतपुर महानगरपालिका–२, नारायणगढस्थित गणेशहल अगाडि ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा रत्ननगर नगरपालिका १० बस्ने ३१ बर्षिय यदुराज पौडेल रहेका छन । ना ८ ख ६२४९ नम्बरको ट्रकले ना ३९ प २०९३ नम्बरको पल्सर बाइकलाई आज विहान १०ः३० बजेको समयमा ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट पौडेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सौराहाका होटल मजदूरलाई संरचना निर्माणमा लगाइने

सौराहाका होटल मजदूरलाई संरचना निर्माणमा लगाइने
नारायण अधिकारी चितवन : बेरोजगार बनेका सौराहाका होटल मजदूरलाई विकास निर्माणमा परिचालन गरिने भएको छ । उनीहरुलाई पर्यटकीय प्रवद्र्धन गर्ने संरचना निर्माणमा लगाइने भएको हो ।प्रधानमन्त्री युवा स्वरोजगार कार्यक्रम र पर्यटन बोर्डको सहयोगमा सौराहाको राप्ती किनारमा रहेको सौराहा भिजिटर सेन्टरलाई आकर्षक बनाउन लागिएको हो । रत्ननगर नगरपालिका र क्षेत्रीय होटल सङ्घ चितवनका अगुवाइमा काम गर्न लागिएको हो । नगरप्रमुख नारायण वनका अनुसार सो ठाउँमा झाडी फाँडेर तलाउ बनाइने छ । यससँगै तलाउ माथिबाट ...

आजको मौसम : देशका अधिकांश स्थानमा मेघ गर्जनसहित मध्यम बर्षाको सम्भावना

आजको मौसम : देशका अधिकांश  स्थानमा मेघ गर्जनसहित  मध्यम  बर्षाको सम्भावना
काठमाडौँ : जल तथा मौसम पुर्वानुमान मशाखाका अनुसार हाल नेपालमा भारतको पुर्वी राजस्थानमा आसपासमा अवस्थित न्युन चापीय क्षेत्र र बंगालको खाँडीको मध्यपूर्वी भुभागमा अवस्थित न्युन चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत भन्दा दक्षिण तर्फ रहेको छ । हाल गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका भू(भागहरुमा आंशिक देखि सामान्य बदली र वाँकी प्रदेशका भू(भागमा आंशिक बदली रहेको छ । गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का बर्षा भएको छ । ...

चितवनका शैक्षिक संस्थामा असोज १ गतेदेखि पढाइ हुने

चितवनका शैक्षिक संस्थामा असोज १ गतेदेखि पढाइ हुने
चितवन,२७ भदौ । जिल्लाका सामुदायिक तथा संस्थागत विद्यालय आगामी असोज १ गतेदेखि सञ्चालन गर्ने तयारी गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको निर्णयअनुसार यहाँ रहेका विद्यालयमा स्वास्थ्य मापदण्ड पालना गरी भौतिक रुपमा विद्यालय सञ्चालन गर्न लागिएको शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । कार्यालयका प्रमुख भूमिलाल सुवेदीका अनुसार जिल्लामा ३४९ सामुदायिक र १७६ संस्थागत विद्यालय छन् । ती विद्यालयमा एक लाख ५६ हजार ८०० विद्यार्थी अध्ययनरत रहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन...