
फिस्लिङ्ग : योङ्ग कम्यूनिष्ट लिग नेपाल (वाइसियल) इच्छाकामना ३ को अध्यक्षमा प्रकाश आले चयन हुनुभएको छ । बिहिबार फिस्लिङ्गमा सम्पन्न वडा भेलाले आलेको नेतृत्वमा ४३ सदस्यीय वडा कमिटी गठन गरिएको हो ।
भेलाले उपाध्यक्षमा राजकुमार गुरुङ, रेशम बहादुर चेपाङ, छविलालचेपाङ,सचिवमा सविन थापा मगर,सह–सचिवमा रोशन गुरुङ,फुलमाया चेपाङ कमला चेपाङ र कोषाध्यक्षमा रबिन मियाँलाई चयन गरिएको छ ।
नेकपामा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङको प्रमुख अतिथि तथा वाइसियल इच्छाकामनाका अध्यक्ष झलक गुरुङको सभापतित्वमा सम्पन्न भेलामा सह–इन्चार्ज सावित्री सिलवाल, इच्छाकामनाका संयोजक हरि थापा वडाध्यक्ष गोवर्धन अधिकारी विशिष्ट अतिथि रहनुभएको थियो । साथै माओवादी केन्द्र इच्छाकामनाका सचिवालय सदस्य प्रमोद पोखरेल,वडा नम्बर३ का अध्यक्ष शिव पौडेल, सचिव मिलन गुरुङ वाइसियल इच्छाकामनाका सचिव हिमाल कुँवर लगायतको उपस्थिति रहेका थिए ।
यसैबिच उक्त भेलामा दुई जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् । वडा नम्बर ३ का सन्त बहादुर चेपाङ र तीलक चेपाङ कांग्रेस परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।