
चितवन : जिल्ला प्रशासन कार्यालय चितवनले तीन दिनसम्म घरघरमा दीपावली गरेर सातौँ संविधान दिवस मनाउन अनुरोध गरेको छ ।आज बिहिबार चितवन प्रशासनले एक सूचना जारी गर्दै संविधान दिवस २०७८ का अवसरमा आगामी असोज २ ३ र ४ गते राष्ट्रिय दिवसका रुपमा तीनै दिन साँझ घर घरमा दीपावलीसहितका कार्यक्रम गरेर संविधान दिवस मनाउन जिल्लाबासीलाई अनुरोध गरेको हो ।
उक्त तिनै दिन जिल्लामा विभिन्न कार्यक्रम आयोजना गरी संविधान दिवस मनाउने चितवन प्रशासनका प्रशासकीय अधिकृत खेमराज पौडेलले जानकारी दिएका छन् ।