इच्छाकामनामा ५ जनाले अध्यक्ष र २ जनाले उपाध्यक्षमा मनोनयन दर्ता।
कुरिनटार - चितवनको एक मात्रै गाउँपालिका इच्छाकामनामा ५ जनाले अध्यक्षमा र २ जनाले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।
इच्छाकामनामा कांग्रेस माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी दलको सत्ता गठवन्धनबाट कांग्रेसकी गीता गुरूङले अध्यक्षमा र माओवादी केन्द्रका प्रताप गुरूङले उपाध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् ।
गीता गुरूङ यसअघि भएको निर्वाचनमा पनि गाउँपालिका अध्यक्षमा कांग्रेसबाट विजयी भएकी थिइन् । एमालेबाट इच्छाकामना गाउँपालिका अध्यक्षमा दानबहादुर गुरूङ र ...









