
इच्छाकामना : चितवनको इच्छाकामनामा एमालेका उम्मेद्वारहरुले उम्मेद्वारी दर्ता गराएका छन् । जिल्लाकै एक मात्र गाउँपालिकामा इच्छाकामनामा अध्यक्ष, उपाध्यक्षसहित सातै वडाको वडाध्यक्ष र सदस्यको उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका गराएका हुन् ।
अध्यक्षका उम्मेदवार दानबहादुर गुरुङ र उपाध्यक्षका उम्मेदवार माया सिलवाल लगायत सबै वडाका वडाध्यक्ष एवं सदस्य उम्मेदवारहरुले सोमबार उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सयौं संख्यामा उपस्थित नेता एवं कार्यकर्ताहरु बाजागाजासहित इच्छाकामनाको निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए ।