सुमन सुवेदी                                                                 वैशाख १० ,भरतपुर – देशैभरि स्थानिय निर्वाचनको नजिकिदै गर्दा उम्मेदवारी घोषणा गर्ने क्रम पनि बढेको छ ।नेकपा (माओवादी केन्द्र) भरतपुर महानगरपालिका वडा नं २४ बाट वडा अध्यक्ष पदमा राम बहादुर गोदार चुनाब लड्ने भएका छन् ।

शनिबार बसेको वार्ड कमिटिले नेकपा (माओवादी केन्द्र) बाट भरतपुर महानगरपालिका वडा नं २४ बाट वडा अध्यक्ष पदमा राम बहादुर गोदार उम्मेद्बारीको सर्वसम्मतबाट चयन भएका हुन् ।गोदार नेकपा (माओवादी केन्द्र) चितवन जिल्ला समन्वय समिती सदस्य तथा वाइसीएल नेपाल चितवन जिल्ला संयोजक हुन् ।

यस्तै वडा सदस्यहरुमा बिष्णु प्रसाद अधिकारि र सुरज कुमार सुनार सर्वसम्मतबाट चयन भएका हुन् । खुल्ला महिला सदस्यमा चन्द्रकला घिमिरे र दलित महिलामा उर्मिला हरिजनको नाम सर्वसम्मत सिफारिस गरेको छ ।