
कुरिनटार : चितवनको इच्छाकामनामा आसन्न स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गर्ने पहिलो दिन ६ जनाले मात्र उम्म्दवारी दर्ता गरेका छन् । पहिलो दिन नेमकिपाका ६ जनाले मात्रै उम्मेद्वारी दर्ता गरेको निर्वाचन अधिकृत इश्वर आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार नेमकिपाले अध्यक्ष पदमा र वडा नं ७ मा वडाध्यक्ष, खुल्ला सदस्य, महिला सदस्य र दलित महिला सदस्यमा उम्मेद्वारी दर्ता गरेका हुन् ।