Banner News

आज १६औँ लोकतन्त्र दिवस मनाइँदै

आज १६औँ लोकतन्त्र दिवस मनाइँदै
काठमाडौँ ,११ वैशाख । आज १६औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम अयोजना गरी देशभर मनाइँदै छ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरेका थिए । विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । विसं २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने श्रृंखला चल्यो । राजा ज्ञानेन्द्र...

स्थानीय तह निर्वाचन : आज र भोलि मनोनयन दर्ता

स्थानीय तह निर्वाचन : आज र भोलि मनोनयन दर्ता
काठमाडौँ :  वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह सदस्य निर्वाचनका लागि आज र भोलि मनोनयन दर्ता हुँदै छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार ११ र १२ वैशाखमा दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता हुने छ भने १२ वैशाखमा मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गर्ने तालिका छ । यी दुई दिन बिहान १० बजेदेखि साँझ ५ बजेभित्र निर्वाचन अधिकृतको कार्यालयमा गएर मनोनयन दर्ता गर्न सकिने छ । १३ वैशाखमा उम्मेदवारको विरोधमा उजुरी दिने, १४ र १५ वैशाखमा मनोनयन...

इच्छाकामनामा गठबन्धन अझै अलमलमा : एमालेको चुनावी अभियान तीब्र

इच्छाकामनामा गठबन्धन अझै अलमलमा :  एमालेको चुनावी अभियान तीब्र
कुरिनटार,१० बैशाख । आसन्न बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि चितवनको इच्छाकामनामा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) एमालेले चुनावी अभियानलाई तीब्र पारेको छ । उपाध्यक्षको उम्मेद्वार टुंगो नलागे पनि अध्यक्षको उम्मेद्वारीका लागि सर्वसम्मत दान बहादुर गुरुङलाई चयन गरेको एमालेले चुनावी अभियानलाई तीब्र पारेको हो । घरदैलो कार्यक्रम समेत सुरु गर्नुभएका एमालेका उम्मेद्वार गुरुङले घोषणापत्रका लागि विभिन्न विषयमा विज्ञ र स्थानीयहरुबाट सुझाव संकल कार्य समेत गरिरहनुभएको छ । स...

आगलागीमा परि चार बालबालिकाको मृत्यु

आगलागीमा परि चार बालबालिकाको मृत्यु
जुम्ला :  आगलागीमा परि चार बालबालिको मृत्यु भएको छ । जुम्लाको तिला गाउँपालिकामा गएराति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको हो। तिला गाउँपालिका ३ सार्कीवाडास्थित मानसिं सार्कीको घरमा आगलागी हुँदा उनका दुई छोरी, छोरा र भान्जीको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार मृत्यु हुनेहरुमा सार्कीका छोरीहरू ११ वर्षीया अनु र तीन वर्षीया दर्शना तथा एक वर्षीय छोरा दीपेश र भान्जी १४ वर्षीया तुलसा सार्की रहेका छन् । आगलागीको खबर पाएसँगै प्रमुख ...

स्थानिय तह निर्वाचन : ७२ घन्टा अगाडिदेखि नेपाल–भारत सीमा नाका बन्द हुने

स्थानिय तह निर्वाचन :  ७२ घन्टा अगाडिदेखि नेपाल–भारत सीमा नाका बन्द हुने
सिरहा :  वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ७२ घन्टा नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ । दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको सिरहाका प्रमुख जिल्ला अधिकारी लालाबाबु कवाडीले जनाएका छन् । भारतको मधुवनी जिल्लास्थित जयनगरमा बसेको दुवै देशका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकले स्थानीय निर्वाचनको ७२ घन्टा अगाडिदेखि सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । खुला सीमा नाकाका कारण निर्वाचनको वेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले ७२ घन्टा अगाडिदेखि ...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, आज उम्मेदवार टुंगो लगाउने

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, आज उम्मेदवार टुंगो लगाउने
काठमाडौँ :  नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्ने भएको छ । समितिको बैठक यसअघि शुक्रबारका लागि बोलाइएको भए पनि शीर्ष नेताहरु दिनभर बैठकमा व्यस्त भएपछि कार्यसम्पादन समितिको बैठक आजका लागि सारिएको थियो । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक शनिबार बिहान ११ बजे बस्ने तयारी छ । महानगर र उपमहानगरका मेयर र उपमेयर टुंग्याउने तयारी गरेको छ । सत्ता गठबन्धनको बैठकले ६ महानगरमध्ये ३ कांग्रेसको प्रमुख रहने टुंगो लगाएको छ भने ११ उपमहानगरमध्ये ७ ओ...

इच्छाकामना गाउँपालिका अध्यक्षको लागि दुइपक्षिय भिडन्त तय कस्ले मार्ला बाजि?

इच्छाकामना गाउँपालिका अध्यक्षको लागि दुइपक्षिय भिडन्त तय कस्ले मार्ला बाजि?
कुरिनटार- आगामी ३० गते हुने स्थानिय तहको निर्वाचनमा चितवनको एकमात्र गाउँपालिका इच्छाकामनामा दुई पक्षीय भिडन्त लगभग पक्का भएको छ।     सत्तारुढ दलहरुले चुनावी तालमेल गरेको कारण  इच्छाकामना गाउपालिकामा सक्रिय ३ दल मध्य  माओवादीले कांग्रेसलाइ अध्यक्षमा सघाउने भएपछी गाउँपालिका अध्यक्ष पदमा दुई पक्षीय भिडन्त तय भएको हो।                                                                                                                                                          सत्तापक्षिय...

गण्डकी गाउँपालिकामा माओवादी केन्द्रले एक्लै चुनाव लड्ने

गण्डकी गाउँपालिकामा माओवादी केन्द्रले एक्लै चुनाव लड्ने
गोरखा :  नेकपा माओवादी केन्द्र गण्डकी गाउँपालिकाले आफ्नै नेतृत्वमा चुनावमा होमिने निर्णय गरेको छ । माओवादी केन्द्र गण्डकी गाउँपालिकाको शुक्रवार बसेको बिस्तारित बैठकले पलिकामा एकल ढंगले चुनावमा होमिने निर्णय गरेको हो । गण्डकी गाउँपालिकामा माओवादी बलियो शक्ति भएकाले एक्लै चुनावमा जादा जित हासिल हुने निश्कर्श बैठकले निकालेको एक नेताले जानकारी दिए । बैठकमा सहभागीहरुले एक्लै चुनावमा होमिन नेतृत्वलाई सुझाव दिएका थिए ।  

भरतपुर महानगरपालिका मेयर रेनु दाहालद्वारा पदबाट राजीनामा

भरतपुर महानगरपालिका मेयर रेनु दाहालद्वारा पदबाट राजीनामा
चितवन :  चितवनको भरतपुर महानगरपालिका मेयर रेनु दाहालले पदबाट राजीनामा दिनुभएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठवन्धनकातर्फबाट मेयरको उम्मेदवार बन्न दाहालले शुक्रबार राजीनामा दिनुभयो । निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेपछि सत्ता गठवन्धनबाट भरतपुरको मेयरमा दोस्रोपटक उम्मेदवार बन्न लागेका दाहालले राजीनामा दिनुभएको हो । सत्तारुढ गठवन्धनकातर्फबाट भरतपुरको मेयर माओवादीले र उपमेयर कांग्रेसले पाउने सहमति भएको छ ।

इच्छाकामना गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङद्वारा पदबाट राजिनामा

इच्छाकामना गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङद्वारा पदबाट राजिनामा
कुरिनटार, ९ बैशाख । चितवनको इच्छाकामना गाउँपालिका अध्यक्ष गीता कुमारी गुरुङले पदबाट राजिनामा दिनुभएको छ । आज उपाध्यक्ष कृतिकुमार समक्ष राजिनामा बुझाउनुभएको हो । आगामी बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि चुनावी प्रचार प्रसारमा समय दिनुपर्ने भएकाले आफुले पदबाट राजिनामा दिएको पत्रमा उल्लेख गर्नुभएको छ । अध्यक्ष गीता कुमारी गुरुङले पुन गाउँपालिका अध्यक्षका लागि नेपाली कांग्रेसबाट दाबी पेश गरिसक्नुभएको छ ।