नेपालको प्रतिव्यक्ति आय १३७२ अमेरिकी डलर
काठमाडौं ,१५ बैशाख । नेपालको प्रतिव्यक्ति आय १३७२ अमेरिकी डलर पुगेको छ । यो रकम गत आर्थिक वर्ष २०७७/७८ को तुलनामा १६ हजार २२६ रुपैयाँ बढी हो । केन्द्रीय तथ्याङ्क विभागले बिहीबार सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्याङ्क विवरण अनुसार नेपालीको प्रतिव्यक्ति आय वाषिर्क १३७२ अमेरिकी डलर पुगेको हो । गत आव २०७७/७८ मा प्रतिव्यक्ति आय १२३९ अमेरिकी डलर रहेको थियो ।
केन्द्रीय तथ्याङ्क विभागका अनुसार आर्थिक वर्ष २०७६र७७ मा भने प्रतिव्यक्ति आय ११५६ अमेरिकी डलर रहेको थियो । विभागले बिहीबा...









