Banner News

चितवनमा हावाहुरीले रुख ढल्दा च्यापिएर ३ जनाको मृत्यु

चितवनमा हावाहुरीले रुख ढल्दा च्यापिएर ३ जनाको मृत्यु
चितवन, ५ जेठ । चितवनमा हावाहुरीले रुख ढल्दा ३ जनाको मृत्यु भएको छ । आज साँझ ७ बजेको समयमा आएको हावाहुरीको कारण रख ढल्दा भरतपुर महानगर ११ भोजाड जंगल स्थित भित्री सडक खण्डमा पदमपुरबाट भरतपुर तर्फ आउदै गरेको ना २ ह २२४७ नं. को अटोलाई च्याप्दा अटो चालक भरतपुर ११ लामाटोल बस्ने बर्षगाउँपालिका ६ घरभई हाल हाल भरतपुर महानगरपालिका ७ कटहर चोक बस्ने बर्ष २८ कि माया गुरुङ घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकरीले जानकारी दिनुभयो । सोहि अटोमा सवार सोही स्थ...

इच्छाकामना गाउँपालिका अध्यक्ष गुरुङद्वारा पदभारग्रहण , विपन्न वर्ग पहिचान गरि स्वास्थ्य बिमा गर्ने पहिलो निर्णय

इच्छाकामना गाउँपालिका अध्यक्ष गुरुङद्वारा पदभारग्रहण , विपन्न वर्ग पहिचान गरि स्वास्थ्य बिमा गर्ने पहिलो निर्णय
कुरिनटार, ६ जेठ । चितवनको एक मात्र गाउँपालिकाका इच्छाकामनाका नवनिर्वाचित अध्यक्ष दान बहादुर गुरुङले पदभार ग्रहण गर्नुभएको छ । शुक्रबार पदभार ग्रहण गर्नुभाएको हो । पदभार ग्रहण गरेको दिननै उहाँले पहिलो निर्णयको रुपमा विपन्न वर्गको पहिचान गरि स्वास्थ्य बिमा गर्ने निर्णय गनुृभएको छ । चुनावी प्रतिबद्धता अनुरुप सबैभन्दा पहिले विपन्न नागरिकलाई स्वास्थ्य सेवाको पहुचमा पुर्‍याउन गाउँपालिका भित्रका विपन्न वर्गको पहिचान गर्ने र उनीहरुको स्वास्थ्य बिमा गर्ने निर्णय गरेको बताउनुभयो । ...

इच्छाकामनाका नवनिर्वाचित अध्यक्ष दान बहादुर गुरुङद्वारा सपथ ग्रहण

इच्छाकामनाका नवनिर्वाचित अध्यक्ष दान बहादुर गुरुङद्वारा सपथ  ग्रहण
चितवन :  इच्छाकामना गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दान बहादुर गुरुङले सपथ ग्रहण गर्नुभएको छ । शुक्रबा बिहान जिल्ला समन्वय समितिको सभाहल भरतपुरमा जिल्ला न्यायाधिश प्रकाश कुमार अधिकारीले उहाँलाई सपथ ग्रहण गराउनु भएको हो । उनहाँले देश र जनताको हितमा काम गर्ने सपथ लिनुभएको हो । अध्यक्षमा निर्वाचित गुरुङ ५ हजार ७१० मतका साथ विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका गीता कुमार गुरुङले ४ हजार २ सय मत प्राप्त गर्नुभएको थियो । निर्वाचित अध्यक्षलाई निर्...

नेकपा माओवादी केन्द्र इच्छाकामनाको कार्यवाहक अध्यक्षमा बोहोरा

नेकपा माओवादी केन्द्र इच्छाकामनाको कार्यवाहक अध्यक्षमा बोहोरा
चितवन :  नेकपा माओवादी केन्द्र इच्छाकामनाको कार्यवाहक अध्यक्षको जिम्मा राम प्रसाद बोहोरालाई दिइएको छ । पार्टीको निर्णय विपरित कार्य गर्दै निर्वाचनमा गठबन्धनका उम्मेद्वारहरुलाई असहयोग गरेको भन्दै पार्टी अध्यक्ष हरि थापालाई बागमती प्रदेश कमिटीले सबै पदबाट निलम्बन सहितको कारबाही गरेपछि बोहोरालाई कार्यवाहक अध्यक्षको जिम्मा दिइएको हो ।

माओवादी केन्द्र इच्छाकामनाका अध्यक्ष हरि थापा पार्टीको सबै पदबाट निलम्बित

माओवादी केन्द्र इच्छाकामनाका अध्यक्ष हरि थापा पार्टीको सबै पदबाट निलम्बित
चितवन : नेकपा माओवादी केन्द्र इच्छाकामना गाउँ कमिटीका अध्यक्ष हरि थापालाई निलम्बन गरिएको छ । बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा घोषित रुपमै असहयोग गरेको भन्दै बागमती प्रदेश कमिटीले पार्टीको सबै पदबाट निलम्बन गरेका हुन् । जेठ २ गतेको पत्रमा पाँच दलिय गठबन्धनका उम्मेद्वारलाई घोषित रुपमै असहयोग गरेको र पार्टीलाई गम्भीर आघात पु¥याउने काममा संलग्न भइ पार्टीले जारी गरेको वक्तव्यको समयसीमा भित्र समेत आधिकारिक पार्टी लाइनमा नउभिएका कारण अर्को निर्णय नहुदाँ सम्म पार्टी विधान...

भिमसेनथापा गाउँपालिकामा स्वतन्त्र उम्मेद्बार ढकाल जस्ले आफ्नै भोट पनि पाएनन।

भिमसेनथापा गाउँपालिकामा स्वतन्त्र उम्मेद्बार ढकाल जस्ले आफ्नै भोट पनि पाएनन।
गोरखा, जेठ ५ गोरखाको भीमसेन थापा गाउँपालिका ८ मा वडाध्यक्ष पदमा स्वतन्त्र उमेद्वार उठेका नवराज ढकालले मतगणनाको नतिजा अनुसार आफूले आफैलाई समेत भोट नहालेको खुलेको छ ।                                                                                                                मतगणनाको अन्तिम मतपरिणाम सार्वजनिक हुँदासम्म पनि १ भोट नपाएका ढकालले आफुले चुनाव चिन्ह ‘खानेपानीका धारा’ मत हालेपनि मतगणना हुँदा एक मत पनि आएको बताए । उक्त गाउँपालिकामा १४६९ मत खसेको माओवादी केन्द्रका उम्...

नब निर्वचित जनप्रतिनिधिलाई गाउँपालिका पुर्व अध्यक्ष गुरुङ द्वारा सुभकामना

नब निर्वचित जनप्रतिनिधिलाई गाउँपालिका पुर्व अध्यक्ष गुरुङ द्वारा सुभकामना
कुरिनटार-स्थानिय तहको दोश्रो चुनावपछि इच्छाकामना गाउँपालिकामा निर्वाचित जनप्रतिनिधिलाई पुर्व गाउँपालिका अध्यक्ष  तथा अध्यक्षपदमा पराजित उम्मेद्बार गिता कुमारी गुरुङले सुभकामन व्यक्त गर्नुभएको छ।                                                                                                   पहिलो स्थानियतहको निर्वाचनमा अध्यक्ष पदमा निर्वाचित गुरुङ पाँचबर्षको कार्यकाल पश्चात् पुन: गाउँपालिका अध्यक्ष पदमा कांग्रेस माओबादी र एकीकृत समाजबादिको गठबन्धनको तर्फ बाट उम्मेद्बार बन्नु...

इच्छाकामना ३ मा एमालेको नरबहादुर नेपाल विजयी

इच्छाकामना ३ मा एमालेको नरबहादुर नेपाल विजयी
कुरिनटार :  चितवनको इच्छाकामना गाउँपालिका वडा नं २ मा नेकपा एमालेको वडा अध्यक्षको उम्मेद्वार नरबहादुर विजयी भएका छन्। विजयी उम्मेद्वार नेपालले ८६० र निकटतम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट माओवादीको शरद पोख्रेलले ८४९ मत प्राप्त गरेको गरे‌। यसैगरी सो वडामा ३ वडा सदस्य गठबन्धन र १ वडा सदस्य एमालेको उम्मेदवार विजयी भएको छ। यस सगैँ नेकपा एमालेले इच्छाकामनामा दुई वटा वडा जितेको छ । यस अघि वडा नम्बर २ मा पञ्च बहादुर चेपाङको प्यानलै विजयी भएका हुन् ।

बेनीघाट रोराङ ३ मा एमालेका भुवन त्रिपाठी २ मतले विजयी

बेनीघाट रोराङ ३ मा एमालेका भुवन त्रिपाठी २ मतले विजयी
धादिङ :  बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ मा नेकपा एमालेका भुवन त्रिपाठी २ मतले विजयी भएका छन् । भुवनले ८ सय ५१ मत पाउँदा उनका निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका ऋषिनाथ त्रिपाठीले ८ सय ४९ मत पाए । यसअघि २०७४ को निर्वाचनमा पनि भुवनले ऋषिलाइ नै हराएर वडा अध्यक्षमा चुनिएका थिए । २०७४ मा भुवनले ६ सय ७२ ल्याएका थिए भने ऋषिले ४ सय १८ मत ल्याएका थिए ।

शहिद लखन गाउँपालिका ४ मा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी

शहिद लखन गाउँपालिका ४ मा नेकपा माओवादी केन्द्रको प्यानलै विजयी
  गोरखा  : गोरखाको शहिद लखन गाउँपालिका ४ मा नेकपा माओवादी केन्द्रका याम बहादुर थापा (अरुण ) विजयी हुनुभएको छ । नेकपा एमालेका लुम बहादुर थापा (दीपक) लाई ३१४ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो । विजयी याम बहादुर थापा (अरुण )ले ७७१ र पराजित लुम बहादुर थापा (दीपक)ले ४५७ प्राप्त गर्नुभएको हो । यसैबिच वडा सदस्यहरुमा पनि सबै नेकपा माओवादी केन्द्रका उम्मेद्वारहरु नै विजयी भएका छन् । मतपरिणाम गा.पा अध्यक्ष सुर्य-४२७ रुख-९४ हसिया हथौडा -७२४ छाता-१७ उ...