कुरिनटार :  चितवनको इच्छाकामना गाउँपालिका वडा नं २ मा नेकपा एमालेको वडा अध्यक्षको उम्मेद्वार नरबहादुर विजयी भएका छन्।

विजयी उम्मेद्वार नेपालले ८६० र निकटतम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट माओवादीको शरद पोख्रेलले ८४९ मत प्राप्त गरेको गरे‌।

यसैगरी सो वडामा ३ वडा सदस्य गठबन्धन र १ वडा सदस्य एमालेको उम्मेदवार विजयी भएको छ। यस सगैँ नेकपा एमालेले इच्छाकामनामा दुई वटा वडा जितेको छ । यस अघि वडा नम्बर २ मा पञ्च बहादुर चेपाङको प्यानलै विजयी भएका हुन् ।