गोरखा, जेठ ५ गोरखाको भीमसेन थापा गाउँपालिका ८ मा वडाध्यक्ष पदमा स्वतन्त्र उमेद्वार उठेका नवराज ढकालले मतगणनाको नतिजा अनुसार आफूले आफैलाई समेत भोट नहालेको खुलेको छ । मतगणनाको अन्तिम मतपरिणाम सार्वजनिक हुँदासम्म पनि १ भोट नपाएका ढकालले आफुले चुनाव चिन्ह ‘खानेपानीका धारा’ मत हालेपनि मतगणना हुँदा एक मत पनि आएको बताए । उक्त गाउँपालिकामा १४६९ मत खसेको माओवादी केन्द्रका उम्मेदवार बिष्णु कुमार श्रेष्ठ उक्त गाउँपालिकाको वडाध्यक्ष बनेका छन् । पुर्व माओबादी कार्यकर्ता समेत रहेका ढकालले गठबन्धनको बिरोध गर्दै स्वतन्त्र बाट उम्मेद्बारी दिएका थिए। उनले आफुले आफैलाइ समेत मत नहालेको देखाइ निर्वाचन आयोगले मानमर्दन गरेको साथै निर्वाचन आयोगले गणनामा चरम हेल्चेक्राइ समेत गरेको आरोप लगाउदै सर्वोच्च अदालत जाने तयारी गरेका छन । आयोगले भने उनको एक भोट पनि नआएको र गणनामा उनले आफू र आफ्नो प्रतिनिधि समेत नपठाएको जनाएको छ।