चितवन :  नेकपा माओवादी केन्द्र इच्छाकामनाको कार्यवाहक अध्यक्षको जिम्मा राम प्रसाद बोहोरालाई दिइएको छ । पार्टीको निर्णय विपरित कार्य गर्दै निर्वाचनमा गठबन्धनका उम्मेद्वारहरुलाई असहयोग गरेको भन्दै पार्टी अध्यक्ष हरि थापालाई बागमती प्रदेश कमिटीले सबै पदबाट निलम्बन सहितको कारबाही गरेपछि बोहोरालाई कार्यवाहक अध्यक्षको जिम्मा दिइएको हो ।