
चितवन : नेकपा माओवादी केन्द्र इच्छाकामना गाउँ कमिटीका अध्यक्ष हरि थापालाई निलम्बन गरिएको छ । बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्वाचनमा घोषित रुपमै असहयोग गरेको भन्दै बागमती प्रदेश कमिटीले पार्टीको सबै पदबाट निलम्बन गरेका हुन् । जेठ २ गतेको पत्रमा पाँच दलिय गठबन्धनका उम्मेद्वारलाई घोषित रुपमै असहयोग गरेको र पार्टीलाई गम्भीर आघात पु¥याउने काममा संलग्न भइ पार्टीले जारी गरेको वक्तव्यको समयसीमा भित्र समेत आधिकारिक पार्टी लाइनमा नउभिएका कारण अर्को निर्णय नहुदाँ सम्म पार्टी विधान र बागमती प्रदेश समितिको निर्वाचन निर्देशिका २०७९ अनुसार पार्टीको सबै पदबाट निलम्बन गरिएको जनाएको छ ।