असिनाले तरकारी र मकै बाली नष्ट गरेपछि चाडैँ अनिकाल लाग्ने भन्दै किसान चिन्तित
हीरालाल गुरुङ
कुरिनटार,१२ जेठ। चितवनको इच्छाकामना गाउँपालिका २ मा असिना पानीले मकै र तरकारी बालीमा क्षती पु¥याएको छ । बुधबार आएको असिना पानीले वडा नम्बर २ को मायाटार, दुम्की लगायतका गाउँका किसानहरुले लगाएको बालीमा क्षती पु¥याएको हो ।
बेच्ने बेला भएको तकारी बाली असिना पानीले कामै नलाग्ने गरि नष्ट गरेपछि कृषकहरु चिन्तित बनेका छन् । मायाटारका राज बहादुर प्रजाले आफ्नो बारीमा लगाएको रु एक लाख ५० हजार बढी मुल्य बराबरको तरकारी बाली नष्ट भएको बताउनुभयो । एकदिन अघि मात्र केही काक्रो...









